कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ । महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो । प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम करिब चार अर्ब पुगेको छ । प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायको बेरुजु रकम तीन अर्ब ९४ करोड ८२ लाख […]

‘संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी’

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी भएको बताए । सत्रौँ गणतन्त्र दिवसका अवसरमा मंगलवार शुभकामना सन्देश दिँदै उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको सिद्धान्तले निर्देशित गरेअनुसार कार्यान्वयन गर्न तथा गराउन राज्यको सर्वोच्च ओहोदामा रहेकाहरूको पहिलो कर्तव्य हुने उल्लेख गरे । प्रदेश प्रमुख परियारले राष्ट्रसेवक कर्मचारी, आम नेपाली जनताले […]

बजेट निर्माणमा जुट्यो कर्णाली सरकार

कर्णाली प्रदेश सरकार यतिबेला आर्थिक वर्ष २०८१–०८२ को नीति, कार्यक्रम र बजेट निर्माणतर्फ केन्द्रित भएको छ । जेठ महिना सुरुसँगै बजेट निर्माणको काम धमाधम अघि बढेको हो । सबै मन्त्रालयहरुलाई बजेट ‘बजेट सिलिङ’ वितरण भएको छ भने मन्त्रालयहरु धमाधम बजेट निर्माण र योजना तर्जुमामा जुटेका छन् । आर्थिक मामिला मन्त्री महेन्द्र केसी र मुख्यमन्त्री यामलाल […]

कर्णालीको जिडिपी दुई खर्व ४४ अर्व अनुमान

चालु आर्थिक बर्ष २०८०÷०८१ का लागि कर्णाली प्रदेशको कुल ग्राहस्थ्य उत्पादन करिब दुई खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सुर्खेतमा जिडिपी अनुमान सम्बन्धि प्रेस नोट जारी गर्दै चालु आर्थिक बर्षमा कर्णालीको कुल जिडिपी दुई खर्ब ४४ अर्ब रहने जनाएको हो । गत आ.व. २०७९÷०८० मा करिब दुई खर्ब २९ […]

कर्णाली प्रदेशः मन्त्री शाहद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधवार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिएका थिएनन् ।

विद्युतीय सवारीलाई चार्जिङमा सकस, मध्येरातीसम्म पालोमा बस्छन् चालक

कर्णाली प्रदेशमा पछिल्लो समय विद्युतीय सवारी साधान प्रयोग गर्नेक्रम बढ्दो छ । विद्युतीय सवारीलाई मध्येनजर गरी सरकारी तथा नीजि क्षेत्रबाट उपयुक्त सवारी चार्जिङ स्टेसनहरु पनि निर्माण हुदैछन् । तर कर्णालीमा मुख्य समस्याको रुपमा रहेको विद्युत लो–भोल्टेजका कारण नियमित विद्युतीय सवारी सञ्चालनमा भने सकस परेको छ । स्कुटर बाहेक अन्य विद्युतीय सवारी साधानहरु घरमै चार्जिङ गरेर […]

जर्जर छन् बालुवाटारको विपन्न बस्ती

झट्ट सुन्दा ‘बालुवाटार’ संघीय राजधानी काठमाडौं सम्झन्छन् आम नागरिक । देशकै मुकाम शहरमा अवस्थित बालुवाटारप्रतिको बुझाई र कर्णाली प्रदेशको राजधानी सुर्खेतको बालुवाटारको कथा भने फरक छ । वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिटको झुप्रा खोला किनारमा २७ घरपरिवार बस्ने बालुवाटार नामक सुकुम्बासी बस्ती दशकौंदेखि सुरक्षित आवास र जीवनयापनको खोजीमा भौतारिरहेको छ । सुरक्षित बाच्न पाउने अधिकार प्रत्याभुतिमा राज्यले […]

प्रशारण लाइन निर्माणमा मुख्यमन्त्री कँडेलको चासो

कोहलपुर–सुर्खेत १३२ केभी विद्युतको निर्माणधीन प्रशारण लाइनमा निर्माणमा देखिएका समस्याबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगायतसँग छलफल गरेका छन् । आईतवार भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण लाइन निर्माणमा देखिएका समस्या र समाधानका लागि भइरहेको पहलबारे चासो व्यक्त गरेका थिए । छलफलमा आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुन्ज क्षेत्रभित्र […]

कर्णालीको सार्वजनिक यातायातमा विकल्प बन्नसक्छ ‘पोड वे’ प्रविधि

भौगोलिक विकटताले कर्णालीमा सार्वजनिक यातायातका लागि सडक पूर्वाधार निर्माणमा ठुलो चुनौती छ । विकट भौगोलिक अवस्थाकै कारण कर्णाली प्रदेशका १० वटै जिल्लामा सडक पूर्वाधार निर्माणमा कठिनता मात्रै नभई लागतका हिसावले पनि ठुलो धनराशी खर्च गर्नुपर्ने बाध्यता छ । नेपालका ७७ जिल्लामध्ये कर्णालीको हिमाली जिल्ला हुम्लामा अझै सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन । दशकौंदेखि हुम्लालाई […]

कर्णालीका महिलालाई नीतिगत अवसर लिनै मुस्किल

कर्णाली प्रदेशमा नेपालको संविधान २०७२ मा महिलाको हक अधिकार सम्बन्धि गरिएको व्यवस्था अनुरुप नीतिगत अवसर लिन चुनौती छ । संविधानमा भएको व्यवस्था अनुसार महिलाको अनिवार्य भौतिक उपस्थिती एक तिहाइ रहेपनि नीतिगत सहभागिता भने पर्याप्त हुन नसकेको नीति निर्माणको तहमा रहेका महिला सांसहरुले नै गुनासो गरेका छन् । वीरेन्द्रनगरमा शनिबार राष्ट्रिय महिला आयोगले आयोजना गरेका नीतिगत […]

सम्पादकीय: सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिएको कर्णाली

कर्णाली प्रदेश देशका सबै प्रदेश मध्येमा गरिव प्रदेश भनेर चिनिन्छ । अशिक्षा, गरिवी, भौगोलिक विकटता लगायतका कारणले गर्दा कर्णाली पछाडी परेको हामी सुन्न र पढ्न पाउँछौ । विकासका हिसावले पनि राज्यले नै सौतेनी व्यवहार गरेको प्रदेश हो कर्णाली । जहाँ प्रचुर सम्भावना छन् प्रत्येक स्वासमा हामी अक्सजिन मात्र लिएका हुँदैनौ त्यहाँ रहेका विविन्न बहुमुल्य जडिबुटीको […]

कर्णालीका ठुला आयोजना अगाडि बढाइदिन मुख्यमन्त्रीको आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषदको नवौं बैठकमा प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ठुला आयोजना प्राथमिकतामा राखिदिन सुझाव पेश गरेका छन् । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा शनिवार सम्पन्न बैठकमा कँडेलले सुझाव पेश गरेका हुन् । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहेको थियो । कँडेलले कर्णालीका लागि नीतिगत र कार्यक्रमगत विषयक्षेत्रमा […]

सम्पादकीय : काकाकुलको शहर वीरेन्द्रनगर कहिलेसम्म ?

कर्णाली प्रदेशको राजधानी सुर्खेत र सुर्खेतको पनि केन्द्र हो वीरेन्द्रनगर । जहाँ कर्णालीका अन्य जिल्लासहित देशका विभिन्न ठाउँका मान्छेहरु बसोबास गर्ने गर्छन । संघीयता भएदेखी वीरेन्द्रनगरमा बसाईसरी आउनेको संख्या पनि ह्वात्तै बढेको छ । मानविय आधारभूत आवश्यकताको सहज पहँुचका लागी मानिसहरु वीरेन्द्रनगरमा बसाईसरी आउन चाहन्छन । शिक्षा, स्वास्थ्य लगायतका आधारभूल आवश्यकताको सहज पहुँचका लागी वीरेन्द्रनगरमा […]