सम्पादकीय : शिक्षा बजेट कार्यान्वयनमा लापरवाही किन ?

कर्णाली प्रदेश सरकारले शिक्षामा न्यून बजेट छुट्याएको र त्यसैमा पनि काम नगरेर फ्रिज फाल्ने गरेको छ । सामाजिक विकास मन्त्रालयको लागि छुट्याएको कुल बजेटको जम्मा २१ प्रतिशत बजेट शिक्षाको लागि छुट्याएको भएतापनि त्यहि पनि काम नगरेर फिर्ता गरेका छन् । नमुना विद्यालय निर्माणका लागि भनेर छुट्याएको १४ करोड बजेट एक रुपैंया पनि खर्च नगरेर फिर्ता […]

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् । संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । सोही अनुसार मुख्यमन्त्री कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ । भने कांग्रेस सरकारमा […]

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि योसम्बन्धी विषयको प्रस्ताव सोमवार राख्ने व्यवस्था मिलाउन सोमवार प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए । उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली […]

कर्णालीमा कांग्रेसले क–कस्को नाम टुंगो लगायो ?

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो । कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टका अनुसार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा […]

कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका हुन् । यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मीएका प्रदेश प्रमुख जोशी तीस दशकदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका थिए ।

को हुन् कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी ?

कर्णाली प्रदेशको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जोशीलाई कर्णाली प्रदेशको प्रमुखमा नियुक्त गरेका हुन् । पुर्ख्यौँली घर बझाङको भातेखोला भएका जोशी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा बसोबास गर्दै आएका छन् । जोशीले बीएसम्मको अध्ययन गरेका छन् । विसं २०२५/०२६ तिर बझाङको सत्यवादी […]

कर्णाली प्रदेश प्रमुखको रिक्तताले कांग्रेसलाई सरकारमा जान ढिलाइ

कर्णाली प्रदेश प्रमुखको रिक्तताले नेपाली कांग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाइ हुने भएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठक बसेर प्रदेश सरकारलाई समर्थन दिँदै सरकारमा जाने सैद्धान्तिक निर्णय भइसकेपनि प्रदेश प्रमुखको रिक्तताका कारण ढिलाइ भएको प्रमुख नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए । ‘दलको बैठक बसेर […]

कर्णाली प्रदेश प्रमुख परियारलाई हटाइयो, उनको ठाउँमा यज्ञराज जोशी

कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाइ सरकारले हटाएको छ । उनको ठाउँमा यज्ञराज जोशीलाइ सरकारले नियुक्त गरेको हो । नेकपा माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका परियारले आफ्नो सचिवालयमा परिवारकै सदस्य राखेपछि चौतर्फी आलोचना भएको थियो । ०७८ कार्तिकमा कर्णालीको प्रदेश प्रमुख नियुक्त भएका परियारले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक […]

दुध उत्पादक किसानलाई कर्णाली सरकारको एक करोड २३ हजार प्राेत्साहन रकम

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका दूध उत्पादक किसानलाई प्रोत्साहन वापत झण्डै एक करोड बढी रकम उपलब्ध गराएको छ । दूध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले यस कार्यक्रमलाई अगाडि बढाउँदै आएको छ । साविक कर्णालीका पाँच जिल्लामा प्रति लिटर १० रुपैयाँ र अन्य जिल्लामा पाँच रुपैयाँका दरले ३७ लाख ९१ […]

सम्पादकीय : अल्लो प्रशोधनबाट कर्णालीको पहिचान बनाऊ

कर्णाली प्रदेशका विभिन्न जिल्लाका ७ स्थानीय तहमा अल्लोको कपडा बनाउने कामको सुरुवात गरिएको छ । स्थानीय स्रो,त साधन र जनशक्तिको प्रयोगमार्फत कर्णालीको बिकासमा उनीहरु आ–आफ्नो स्थानबाट जुटेका छन् । आप्mनै ठाउँमा भएका यि र यस्ता सम्भावनाहरुको खोजी गरेर हामी आफै अग्रसर हुने हो भने असम्भव केही छैन भन्ने कुराको उदाहरण दिन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको […]

कर्णालीका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कुन मन्त्रीको कति ?

कर्णाली प्रदेशका मन्त्री र राज्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री सहित ८ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आधिकारिक बेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । आचारसंहिता अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्छ । चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा यामलाल […]

कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को विनियोजित बजेटमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको मंगलवार बसेको १२औँ बैठकमा भाग लिँदै राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेसँगै छलफल सुरु भएको हो । छलफलको प्रारम्भमा भाग लिँदै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीवविक्रम […]

सम्पादकीय : मातृमृत्युदरको विकराल अवस्था

राष्ट्रिय जनसंख्या र आवास जनगणना २०२१ का अनुसार कर्णाली प्रदेशमा मातृ तथा प्रश्रवकालिन मृत्युदरको अवस्था डरलाग्दो देखिएको छ । जसमा प्रति एक लाख जनसंख्यामा १७२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । सामान्यतया शिक्षितको तुलनामा कम शिक्षित र अशिक्षित महिलाहरु रहेको देखिन्छ । शिक्षाको अभाव, बालबिबाह, सन्तान जन्माउने प्लानिङ विना नै आमा बन्नु, गर्भवती अवस्थामा जोखीमपूर्ण […]