भेरीगंगामा ४ वटा सीप बिकास तालिम सुरु

सुर्खेतको भेरीगंगा नगरपालिकामा शुक्रबार देखि ४ वटा सीप बिकास तालिम सुरु भएको छ । गरिबी निवारणका लागी लघुउधम बिकाश कार्यक्रम अन्तर्गत १५ दिने डल कुशन प्राबिधिक सीप बिकास तालीम,२ महिने बुटिक प्राबिधिक सीप बिकास तालीम,३५० घण्टे सिलाई कटाई प्राबिधिक सीप तालीम र ६५ दिने ब्युटिपार्लर सिप बिकास तालिम सुरु भएको छ ।

भेरीगंगा नगरपालिकाको कार्यालय उद्योग बिकाश शाखाको आयोजनामा तालिम संचालन गरिएको हो । भेरीगंगा नगरपालिकाको प्रत्येक वडाका महिलालाई समेटिने गरी डल कुशनमा १७ जना,३५० घण्टे सिलाई कटाईमा २२ जना,२ महिने बुटिकमा ७ जना र ६५ दिने ब्युटिपार्लरमा १५ जना महिलालाई सीप बिकास तालिम दिन लागिएको हो ।

तालिमको उद्घाटन गर्दै भेरीगंगा नगरपालिका प्रमुख भुपेन्द्र सिंहले प्रशिक्षकले सिकाएका कुरा जोसजागरका साथ सिक्न आग्रह गर्नु भयो । त्यस्तै प्रशिक्षकलाई यो ठाउमा आएर आफू जस्तै क्षमतावान बनाउन आग्रह गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत ले सफल प्रशिक्षक बनाउन नगरपालिकाले सम्पत्तिको रुपमा तपाइहरुलाई छनोट गरेको हो तपाइहरुले नै पहल गरेको तालिम हो अब यस तालिममा पुर्ण रुपमा सहभागी भएर सफल प्रशिक्षक भई भोलि हुने नगरपालिकामा यस्तो कार्यक्रमको प्रशिक्षक हुनुहुने छ भन्नू भएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा भेरीगंगा नगरपालिकाका उप(प्रमुख रेणु आचार्य,भेरीगंगा नगरपालिका उद्योग बिकास शाखा प्रमुख पिताम्बर पौडेल,वडा नम्बर ६ का अध्यक्ष बल बहादुर खड्का,वडा नम्बर १२ का अध्यक्ष हरि कडेल लगायतका ब्यक्तिले आफ्नो मन्तव्य राखेका थिए । मन्तव्य राख्ने क्रममा सबैले सीप सिक्नु मात्रै महत्त्वपुर्ण नभई व्यबहारमा उतार्नु महत्त्वपुर्ण कुरा भएको बताए तेस्तै महिलाहरुको आम्दानिको स्रोत सिप बिकास महत्त्वपूर्ण हुने हुदा सिकेको सिपलाई ब्यवहारमा लागू गरेमा प्रगति हुने समेत भनेका थिए ।

१५ दिने डल कुशन प्राबिधिक सीप बिकास तालीमको प्रशिक्षक सपना पुन ,२ महिने बुटिक प्राबिधिक सीप बिकास तालीमको प्रशिक्षक मनशोभा रसाइली र रज्जा खान,३५० घण्टे सिलाई कटाई प्राबिधिक सीप तालीमको प्रशिक्षक गोमा खड्का शाह र ६५ दिने ब्युटिपार्लर सिप बिकास तालिमको प्रशिक्षक राधा क्षेष्ठ तेस्तै उधम बिकास सहजकर्ता लाल बहादुर कार्की र सुनिता जैसीले दिने भएका छन । उक्त उद्घाटन कार्यक्रम भेरीगंगा नगरपालिका १२ का अध्यक्ष हरि कडेलको अध्यक्षतामा सम्पन्न भएको छ भने उद्घाटन कार्यक्रम चित्रा डाङ्गीले उद्घोषण गर्नु भएको थियो ।

भेरीगंगामा ४ वटा सीप बिकास तालिम सुरु

सिम्ताको भानु माविमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

भेरीगंगामा ४ वटा सीप बिकास तालिम सुरु

नवीन्द्रराज जोशीको पार्थिव शरीर अस्पतालबाट घर लगियो 

Leave a comment

Your email address will not be published. Required fields are marked *