नवीन्द्रराज जोशीको पार्थिव शरीर अस्पतालबाट घर लगियो

काठमाडौँ । नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालबाट घर लगिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको शुक्रबार नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जोशीको पार्थिव शरीर अस्पतालबाट काठमाडौँको ढोका टोलस्थित घर लगिएको हो । त्यहाँबाट पुनः पार्टी कार्यालय सानेपा अन्तिम श्रद्धाञ्जलीका लागि लैजाने तयारी रहेको कांग्रेसले जनाएको छ ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।
विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मेका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।






