प्रधानमन्त्री ओली पतनको बाटोमा लागेः नेता भट्टराई

सुर्खेत, २५ पुस ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एवम पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शार्मा ओली पतनको बाटोमा लागेको आरोप लगाएका छन् । शनिवार प्रचण्ड नेपाल समूहद्धारा दैलेखमा आयोजना गरिएको जनसभा लाई सम्बोधन गर्न जानेक्रममा सुर्खेत विमानस्थलमा पत्रकाहरुसँग संक्षिप्त कुरा गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

प्रधान्मत्री ओलीको संसद विगठनको कदम संविधान विपरित रहेको भन्दै ओलीले संविधानको धज्जी उडाएको बताए । पछिल्ला दिनहरुमा प्रधान्मत्रीले अभिव्यक्त गरिरहेका अभिव्यक्तिहरु छाडा भएको भन्दै संविधानको धज्जी उडाउने ओली कदम असंवैधानिक भएको बताउँदै त्यस कदमका विरुद्धमा लाग्ने सबैको स्वागत गर्न नेकपा तयार रहेको बताए । यस्ता कार्यले प्रधानमन्त्री ओली आफै पतनको दिशामा लागेको बताए । सर्वोच्च अदालतका चार जना पूर्व प्रमुख न्यायाधीसले संविधानको मर्म विपरित गरिएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै निकालेको विज्ञप्तीको स्वागतसमेत गरे ।

दैलेखको निर्वाचन क्षेत्र नंं. २ को दुल्लुमा आयोजना गरिएको विरोध सभामा नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकर, नेकपा नेता योगेश भट्टराई, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्यहरु विष्णु रिजाल, राजबहादुर बुढा, निरज बस्नेतलगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको नेकपा दैलेखले जनाएको छ ।

प्रधानमन्त्री ओली पतनको बाटोमा लागेः नेता भट्टराई

भारतको एक अस्पतालमा आगलागी, कम्तिमा १० जना

Leave a comment

Your email address will not be published. Required fields are marked *