भारतको एक अस्पतालमा आगलागी, कम्तिमा १० जना नवजात शिशुको मृत्यु

काठमाडौं ।

भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो । त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ ।

भण्डारा मुम्बईबाट ९०० किलोमिटरको दूरीमा रहेको छ । अस्तालमा आगो लागेसँगै भरिएको धुवाँमा निसासिएर ती नवजात शिशुहरुको मृत्यु भएको बताइएको छ । अस्पतालका अनुसार तीन–चार जनाको जलेर मृत्यु भएको छ भने बाँकीले अक्सिजन नपाएर ज्यान गएको छ । (एजेन्सी)

भारतको एक अस्पतालमा आगलागी, कम्तिमा १० जना नवजात शिशुको मृत्यु

राजकुमारीलाई माग्न खेमराज घरमै गए

भारतको एक अस्पतालमा आगलागी, कम्तिमा १० जना नवजात शिशुको मृत्यु

प्रधानमन्त्री ओली पतनको बाटोमा लागेः नेता भट्टराई

Leave a comment

Your email address will not be published. Required fields are marked *