कर्णालीमा कोरोनाका कारण एक बृद्धाको मृत्यु

सुर्खेत, २२ पुस ।

कर्णालीमा कोभिड १९ (कोरोना भाइरस) का कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार गुर्भाकोट नगरपालिका ८, की ७४ वर्षीया बृद्धाको मृत्यु भएको हो ।

पुस १२ गते ज्वरो आउने बिरामी भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाँउमा पुर्‍याइएको थियो । सोही दिन कोरोना भाइरस परीक्षण गर्दा उनीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

त्यसयता अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृतक हुनेको संख्या २८ पुगेको छ ।

कर्णालीमा कोरोनाका कारण एक बृद्धाको मृत्यु

सुर्खेत बिमानस्थल बिस्तार रोक्न ध्यानाकर्षण

कर्णालीमा कोरोनाका कारण एक बृद्धाको मृत्यु

मन्त्रीहरु नै गए प्रचण्ड–नेपाल समूहमा, कर्णालीमा ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *