लिंगासैनीले जित्याे , लिंगासैनी युथ क्लबको खुल्ला फुटसल प्रतियोगिता

हस्त चौलागाईं 
कालिकोट,८ असोज  ।

लिंगासैनी युथ क्लबको आयोजनामा सञ्चालन भएको खुल्ला फुटसल प्रतियोगिताको उपाधि लिंगासैनी युथ कल्वले उपाधी हात पारेको छ। असोज ४ गतेदेखि सुरु भएको प्रतियोगिता असोज ७ गते सम्पन्न भएको हो।
युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने, स्थानीय स्तरमा रहेका प्रतिभाको पहिचान तथा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता तथा आपसी भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट सहभागी टोलीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको समापन कार्यक्रम लिंगासैनी युथ क्लबका कार्यवाहक अध्यक्ष हिरासिंहको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका–८ का वडा अध्यक्ष नन्दबहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
फाइनल खेलमा लिंगासैनी युथ क्लवले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।
प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने टोलीलाई २५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
फाइनल खेलमा प्रकाश शाहीले प्रमुख रेफ्रीको भूमिका निर्वाह गरेका थिए। खेल अवधिभर खेलाडीहरूले अनुशासन, प्रतिस्पर्धात्मक भावना र उत्कृष्ट खेल कौशल प्रस्तुत गरेका थिए।
लिंगासैनी युथ क्लबका संस्थापक अध्यक्ष हिक्मतजंग मल्लले खेलकुदलाई केवल मनोरञ्जन वा प्रतियोगिताका रूपमा मात्र हेर्न नहुने बताए। उनका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका युवाको ऊर्जा सही क्षेत्रमा प्रयोग गर्न खेलकुद महत्वपूर्ण माध्यम बन्न सक्छ।
मल्लले भने, “खेलकुदले शरीर मात्र बलियो बनाउँदैन, यसले अनुशासन, धैर्यता, नेतृत्व क्षमता र हारलाई स्वीकार गरेर पुनः उठ्ने साहस पनि सिकाउँछ। आगामी दिनमा क्लबले अझ व्यवस्थित रूपमा खेलकुदका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत मल्लले जनाए।


कार्यक्रमका प्रमुख अतिथि तथा खाँडाचक्र नगरपालिका–८ का वडा अध्यक्ष नन्दबहादुर मल्लले युवाहरू समाज परिवर्तनका महत्वपूर्ण आधार भएको बताए। उनले युवाको ऊर्जा र क्षमता सकारात्मक क्षेत्रमा प्रयोग गर्न सके समाजमा रचनात्मक परिवर्तन ल्याउन सकिने धारणा राखे।
प्रतियोगिताको समापनसँगै आयोजकले सहभागी खेलाडी, टोली, रेफ्री, सहयोगी तथा प्रतियोगिता सफल बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ।
लिंगासैनी युथ क्लबले आयोजना गरेको प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्नुका साथै स्थानीय युवाबीच प्रतिस्पर्धासँगै आपसी सद्भाव र भाइचाराको वातावरण निर्माण गर्न योगदान पुर्‍याएको सभा अध्यक्ष हिरासिंहले बताए ।

लिंगासैनीले जित्याे , लिंगासैनी युथ क्लबको खुल्ला फुटसल प्रतियोगिता

सम्पादकीय :  बालबालिकामा लगानी बढाऊ

लिंगासैनीले जित्याे , लिंगासैनी युथ क्लबको खुल्ला फुटसल प्रतियोगिता

भोलीदेखि भारी वर्षाको सम्भावना आवश्यक उच्च सतर्कता

Leave a comment

Your email address will not be published. Required fields are marked *