घुयँत्राे:“काम शून्य, कुरामै क्रान्ति: नयाँ सरकारको ‘महसुस अभियान’”

ऐलेकाे सरकारले पुरानाे सरकारले गर्या कुरा उचाल्ने र थचार्ने ,बिगार्ने र सपार्ने जुन काम गरिराछ । के साँच्चिकै यी कुरा लागू हाेलाथ त । सरकार बन्या पैलै दिनाँ वलिलाई र लेखकलाई लगेर पछार्याे तर क्यार्नु अदालत पुग्ने बित्तिकै अदालतले सरकारलाई पछार्याे हामी दर्शक हेर्याहेर्यै । त्यसपछिका दिनाँ दैनिक केई न केई निर्णय गरेकाे गर्यैछ सरकार कैले राष्ट्रपति कार्यालयलाई द्या जग्गा फिर्ता गर्छ अनि कैले दिपक भट्टजस्ता वलिका पेओर दलाललाई समाउँछ अनि कैलेगाेल्छालाई समाउँछ अदालत पुर्याउँछ ओल्ट्याउँछ पल्टाउँछ ठूलै मनछाे समाते जसरप चिच्याउँछ, कराउँछ, सुनाउँछ तर क्यार्नु अदालत पुर्याउँछ ,अदालत पुगेछि ती सबै घर फर्किन्छन अनि अनि अदालतका नाममायाैटा स्ट्याटस आउँछ बस काम तमाम । नयाँ सरकारले परिवर्तनकाे महसुस गराकाे यै त हाेला ।

वास्तबमा पुरानाे सरकारले न कामले महसुस गरायाे न कुराले महसुस गरायाे तर याे सरकारले कामले महसुस नगराएनि कुराले त महशुस गराछ यति भएछि हाम्लाई अरुके चाईयाे आखिर महसुसै गराउने हाे क्यारे कसैले कामले गराउँछन अनि कसैले कुराले गराउँछन त्यसमध्ये याे सरकारले कुरैले भएनि महसुस त गरायाे नि ! आखिर पुराना सरकार भन्दा त याे सरकार धेरै क्रान्तिकारी देखियाे हैन र? स्कुल पैले भन्दा ३ हप्ता पछाडियाट चल्ने बनायाे, ५ कक्षासम्म परीक्षा दिन नपर्नेबनायाे । हप्ताँ २ दिन बिदा बनायाे । १५/१५ दिनाँ कर्मचारीले तलब पाउने बनायाे । पेन्सन पट्टा घरै बसेर रिन्यु गर्ने बनायाे । अरु त अरु सअघिल्लाे दिन बैशाख १७ गत्याट सदन चालू गर्ने भनेर सदनबाेलायाे फेरि काँ के चित्त बुझेन सदनै स्थगित गर्दियाे । आखिर २ तिहाइ काे सरकार नदेखेका हामी अब ५ बर्षसम्म काँ के के गर्ने हाे सबै हेर्न र बुझ्न पाईने भाे । याे पटकका पिडि हामी साह्रै भाग्यमानी रैछम् । पुराना दलकाे सत्यानास भालकाे नि देख्न पाईयाे अनि नयाँ दलले दुई तिहाईल्याएर दिनकै मन्त्रीमण्डलकाे बैठक र दिनकै नयाँ निर्यनि सुन्न पाईयाे । अरु त अरु याे सरकारकाे सबैभन्दा ठूलाे शत्रु सन्चार जगत यानेकि लाेकतन्त्र र प्रजातन्त्रकाे धडकन मानिने पत्रकारिता रास्वपा पाटि भन्नेका लागि ठूलाे दुष्मन रैछ । सरकार बनाउने बित्तिकै सन्चारलाई जाँकाे त्यैँ घक्रक्कै पार्न सरकारले ” अबदेखि निजि क्षेत्रलाई वज्ञापन दिईने छैन । सरकनरी विज्ञापनकाे हकदार सरकारी पत्रपत्रिका ,रेडियो र टेलिभिजन हुन” भनेर ठाेकुवा गर्दियाे बिचरा पत्रकारहरु ठाउँका ठाउँ बाेल्नु न बास्नु भएर बस्याछन । अब बिस्तारै नेपालाँ गैर सरकारी मिडिया हुने छैनन । मिडियाकाे लागि श्वास प्रस्वाश भन्या वज्ञापन हाे जब शरीराँ श्वास प्रस्वासनै चल्दैन भने त्याे शरीर जिउँदाे काँ रहन्छ र बिचरा लाेकतन्त्र र गणतन्त्र ल्याउने हामी पत्रकारहरु हुम भन्नेहरु ऐले दुई तिहाइकाे सरकारकाे ढाँचा देखेर डरले सडकाँ आउननि सक्या छैनन बिराेध गर्ननि सक्याछैनन ।

बिराेध गरम भाटा लगाएर कठघराँ काेच्दिन्छ । याे ताता घामका बेलाँ दुईतिहाईका पुलिसले ठाडाे उठनै नसक्ने गरि सडकमै थचारे भने क्यार्नु ! त्यसैले कसैलाई चित्त बुझेनि नबुझेनि सरकार जे भन्छ त्यै गर्दै जाने हाे । अब जनताजति सबै सुकुम्बासी अनि सरकार सधै हुकुम्बासी भन्ने मानेर बस्नु सिबाय काम छैन ।५ बर्षसम्म यस्तै सरकार चाहिन्छ भनेर राेजेरै चुपचाप घण्टी छाप भनेर घण्टी लाई भाेट देछि अब जति थिच्छन थिच्छन सहनै पर्छ । हिजाे ३५ बर्ष वलि ,देउवा,आर्जु प्रचण्डले थिचे अब रबि र बालेनले थिच्छन । जनता भन्या सँधै थिच्चिनकै लागि जन्म्या हुन जति थिच्छन थिचुन । हाम्राे काम जयहाेस भन्दै बस्दै गर्ने हाे ।

घुयँत्राे:“काम शून्य, कुरामै क्रान्ति: नयाँ सरकारको ‘महसुस अभियान’”

जारी स्ववियु भलिबलमा तातोपानी र पातारासी फाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *