बाँकेमा लागुऔषधविरुद्ध विशेष क्लीन स्वीप अपरेशनः एकै रातमा १११ जना पक्राउ

बाँके ,१० बैशाख ।
बाँके प्रहरीले लागुऔषधविरुद्ध ‘विशेष क्लीन स्वीप अपरेशन’ सञ्चालन गरेको छ ।
बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको निर्देशनमा गएराति गरिएको लागुऔषध विरुद्धको स्वीप अपरेशनमा १ सय ११ जनालाई पक्राउ गर्दै २७५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
बाँके जिल्लाकै इतिहासमा बाँके प्रहरीले एकै रातमा यति ठूलो सङ्ख्यामा लागुऔषध कारोबारमा संलग्न रहेकाहरूलाई पक्राउ गरेको पहिलो घटना हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी जिसीले लागुऔषधविरुद्धको स्वीप अपरेशनमा पक्राउ परेकाहरू मध्ये धेरैजसो कारोबारी, कतिपय खरिदकर्ता र अन्य सेवनकर्ता रहेको बताउनुभयो । प्रहरीको अपरेशनमा पक्राउ पर्नेहरूमा नेपालगञ्ज क्षेत्रबाट सबैभन्दा बढी ९९ जना र कोहलपुरबाट २० जना रहेको एसपी जिसीले जानकारी दिनुभयो ।
एसपी जिसीका अनुसार नियन्त्रणमा परेकामध्ये लागुऔषध कारोबारीलाई लागुऔषध कारोबार ऐन अन्तर्गत कडा मुद्दा चलाइनेछ भने लागुऔषध सेवन गर्दै गर्दा समातिएका सेवनकर्तालाई परिवारसँग सल्लाह गरेर रिह्याब सेन्टरमा पठाइनेछ ।
यसैगरी अन्य केही पहिलो पटकका सेवनकर्ताको हकमा उनका परिवार तथा अभिभावकलाई बोलाएर उनीहरूसँगै लागुऔषधविरुद्धको काउन्सिलिङ दिइने भएको छ । उनीहरुलाई पहिलो पटकका लागि सम्झाइबुझाई गर्ने र भविष्यमा यस्ता कार्य नगर्ने प्रतिबद्धतासहित काउन्सिलिङपछि परिवारको जिम्मा लगाइनेछ ।
बाँकेमा लागुऔषधविरुद्ध विशेष क्लीन स्वीप अपरेशनः एकै रातमा १११ जना पक्राउ

विपद् प्रभावितलाई दोस्रो किस्ता २ करोड १९

Leave a comment

Your email address will not be published. Required fields are marked *