घुयँत्राे:“भ्रष्टाचार सखाप पार्न निस्केका गृहमन्त्री, आफैँ ‘सिस्टम एरर’ भएर क्र्यास!”
जेनजी नेता सुधन गुरुङले गृहमन्त्री पदबाट राजिनामा दिएका छन । सामाजिक सन्जालमै आफ्नाे सामराज्य जमाएर सामाजिक सन्जालबाटै अरुकाे खेल सिध्याउने खेलमा लागेका जेनजीहरु आँफुले खनेकाे खाल्डाेमा आँफै पर्न शुरु गरेकाछन ।मन्त्री भएकाे तेह्रै दिनमा सखाप भएका याैटा मन्त्रीलाई आफ्नो श्रीमतिलाई विमा बाेर्डमा जागिर खुवाएकाे काण्डमा सामाजिक सन्जालले नै खेदाे खनेछि मन्त्रीहरुका ओरालाे लाग्ने दिन शुरु भएका हुन । तिनै मन्त्रीले जागिर गुमाएकाे १३ दिन पछि अर्का मन्त्री सुदन गुरुङनि राजिनामा दिन बाध्य भएका छन । गृहमन्त्री बन्छ भनेर कसैले कल्पनासम्म नगरेका सुदन गुरुङ गृहमन्त्री भएछि बढाएकाे कामकाे गतिले याे देशका भष्टाचारीहरु यसरी अताल्लिएकि साँच्चिकै उनिहरुकाे भागाभाग भयाे । कसैले छुन नसकेकाे तत्कालीन प्रधानमन्त्री वलि र गृहमन्त्रीलाई रातारात पक्राउ गरेर हतकडि कसेर लगे पछि सबैकाे नजरमा हाई हाई बनेका गुरुङ अन्तत भष्टाचारी र तष्करीकै जालमा परेर पद गुमाउन पुगेका छन । शुरुदेखिनै आफू कडाईका साथ भष्टाचारविरुध्द लागेका गुरुङलाई सिध्याउन एमालेदेखि सामाजिक सन्जाल ज्यान फालेर लागेपछि अन्ततः गुरुङले बुधबार गृहमन्त्री पदबाट राजिनामा दिएका छन । भष्टाचारीहरुकाे सफाया गर्नैका लागि भएकाे आन्दोलन र त्यसपछिकाे चुनाबमा जेनजीहरुले दुईतिहाई मत ल्याएर सरकार बनाए देखिनै भष्टाचारीहरुकाे मुटुले ढ्याङ्ग्राे ठाेकि सकेकाे थियाे ।त्यसमा नि कडा मिजासका सुधनले गृहमन्त्री पाएछि त्यसकाे २/४ घण्टा नवित्दै वलि र लेखककाे गर्धन मडाेरेर थुनामा पुर्याएछि अब देशमा केही हुन्छ कि त भन्नेलाई गुरुङप्रति आशा र विश्वास जागेकाे थियाे भने भष्टाचारीहरु के गरम् र कसाे गरम् भन्दै लुकालुककाे स्थिति बनेकाे थियाे । यै अबस्थामा वलिकाे दाहिने हात देशकाे सबैभन्दा ठूलाे दलाल र तस्कर दिपक भट्ट पक्राउ भएछि त्याे गिराेहलाई ठूलाे चाेट परेछि गुरुङका उल्टा दिन शुरु भएर अन्तत गृहमन्त्रीबाट राजिनामा दिन बाध्य भए । सम्भब त अब अदालतले नि पक्राउ भएका भट्ट र उनका मतियारलाई षै माैका पारेर रिहा गर्छ हाेला अनि देशबाट भष्टाचार अन्त गर्छु भन्नेकाे याे देशबाटपनि सदा अन्त हुन सक्छ किनभने यस्ता आँटिला गृहमन्त्री अब याे देशमा न काेहि आउनेछन नत भष्टाचारीकाे सफाया हुनेछ । बरु अब भष्टाचारी तस्कर र दलालहरुले पुन एक पटक देश पुन खप्लक्कै खाने तयारी गर्नेछन त्यसमा आँफुलाई निकै सक्षम बताउने सरकारले तष्करहरुकाे अभियान राेक्न सक्छ कि आँफै भागेर हिँडछ त्याे हेर्न भने पर्खिनै पर्नेछ ।





