घुयँत्राे:“तीन सिटे तुफान : सदन चलाउन गएका कि प्लेकार्ड देखाउन ?”

हाम्राे गाउँघराँ याैटा उखान छ नि” तीन टिकट महाविकट” याे भन्या तिनजना मान्छे मिलेर सँगैजाने अबसर मिल्याे भने जे कामले गएकाे हाे त्याे काम कैल्यै बन्दैन रे ,हुन्न रे ,त्यै भएर बुढा पुरानाहरु तीन जनाकाे साईतलाई राम्राे र सफल मान्दैनन । त्यै भएर हाम्राे गाउँघराँ हालने उखानप्रति यद्यपि मानिसहरुमा वश्वास रँदै आएकाेछ । अनि यै उखानले गरि खान देलाजस्ताे छैन हर्क साम्पाङलाई । आम चुनाबाँ ३ सिटके जित्याथ्याे त्यसकै बलाँ हर्केकाे उटपट्याङ सुन्दा र हेर्दा जनतानि दिक्क भा छन । जाबाे ३ सिट ल्याकाे पाटिकाे नेता दिनै पिच्छे सदन भित्र हाेहल्ला मच्चाएर दुई तिहाईकाे प्रधानमन्त्रीकाे राजिनामाकाे माग गर्या देख्दा अब कुन दिन हर्के बाैलाएर सदनाँ नाङ्गै हिँडछकि क्या भनेर मान्छेले कुरा काटन थाली सके । तर हर्के भने छेउ न टुप्पाे कतै नमिल्ने गरि बालेनकाे राजिनामा माग्दै सदन चल्न नदेर हङ्गामा मात्रै गर्या सुनिन्छ । चित्त नबुझ्या कुरा राेष्टममा उभिएर अघ्घाउने गरि भने भैगाेनि ।त्याे के हाताँ प्लेकार्ड लेर ३ जना मात्रै सभामुखका अगाडि उभ्भियर राजिनामा राजिनामा भनेर घाक्राे फुलाएर हुँदाे त ! माटाेमा भाेट हालेर षी ३ जनालाई जिताउने मतदाताले सदनाँ गएरदऐनकानुन बनाउने हैनकि हङ्गामामात्रै मच्चाएर सदन चल्नै नदिनु भनेर पठाहुन भने जनताकाे ईच्छालाई कदर गर्नुदठिकै हाे हैन । चुनावि नाराँनि त्यस्ताे केई थेन र देश र जनताकाे समृद्धिका लागि प्रतिनिधित्व गर्ने प्रण गरेर आहाे भने त सदनलाई सहिबाटाेमा डाेर्याउने बढिभन्दा बढि ऐन कानुन पास गर्ने विकास निर्माणमा चिन्तनलगर्ने ,भष्टाचारकाे अन्त्य र सुशासन कायम गर्न सरकारलाई खबरदारी गर्ने र सहयाेगगर्ने हैन र ? हिजैका पाटि र सरकारकै जस्ताे प्रवृति देखाएर सदनमा प्रस्तुत हुने हाे भने त परिवर्तनकाे गुड्डि किन हाँक्नेतनि । बरु म हिजकै जस्ता झाेलेहरुकाे उध्दार गर्न आकाे मान्छेहुम् । मेरा झाेलेहरुकाे उध्दार हुन्छ भने सदनमा चुपचाप बस्छु हैन भने मन लाग्दि गर्छु भने भैगाेनि । जबजब सदन चलेकाे समाचार आउँछ तबतब आज हर्केले यसाे गर्याे रे अनि यसाे भन्याे रे सदनै चल्न देनरे जस्ता अभिव्यक्ति सुन्दासुन्दा जनताका कानपनि पाकि सके । सदनमा हङ्गामा मच्चाउने र सदन चल्न नदिनेलाई तत्काल मर्यादापालक लाएर बाहिर पठाउनु पर्याे नि । कि त सदनमा पाँचै बर्ष यस्तै गरिरहन हर्केलाई छुटछ र ? सरकार चाईँ यति दिनमालयति काम सक्ने भनेर प्लान बनाएर हिँडने अनि आँफुलाई प्रतिपक्षभन्दै ३सिटे पाटि सरकारका कार्यक्रम फेलगराउने तरिकाले सदनाँ भाँजाे हाल्ने । आखिर सभामुख त सत्ताधारी पाटिकै समर्थकका हुन नि तर पनि त्याे माटाे पाटिका हर्केलाई बालेनकाे राजिनामा माग्न सदनाँ किन उत्ताउलाे तरिकाले पेश हुन दिई राछन कुन्नि ? त्यति ठूलाे सदनलाई ३ जनाले कब्जाँ लेर सरकार हल्लाई राछन रे भन्ने सुन्दा अरुले नि के भन्दाहुन । कतै हर्केलाई फेरि पनि मेयरमै फर्किने मन त ला हैन ? आँफै राजिनामा देर जाँदा लाज हुने भा हुनाले सदनाँ हाेहल्ला मच्चाउन पर्याे त्यसपछि सदनाट निकाल्छन अनि सरकारले सदना` ट निकाल्याे भनेर २/४ दिन हाेहल्ला मच्चायाे पुरानै शहर फर्कियाे चुनाब लडने बहानाका २”४ वटा गफ दियाे जनता मख्ख पर्छन अनि फेरि स्थानीय निकाय चुनाब आउँदैछ त्यसैमा मेयर बन्ने ख्वाब बनायाे बस्याे ! आफू त आँफुथ्याे ती विचरा माटाे पाटि भनेर आका तिनकाे नि बिचल्लि पार्याे कि कसाे माटाे अध्यक्ष ज्यु ।

घुयँत्राे:“तीन सिटे तुफान : सदन चलाउन गएका कि प्लेकार्ड देखाउन ?”

जहाज बनाउने जुम्लाका टक्कबहादुर

Leave a comment

Your email address will not be published. Required fields are marked *