लुम्विनीमा युवा केन्द्रीत लागू औषध विरुद्धको अभियान

बाँके,३ जेठ ।

लुम्विनी प्रदेश सरकार लागू औषध तथा दुव्र्यसन विरुद्ध युवाहरु मार्फत अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशमा लागू औषध डरलाग्दोरुपमा बढिरहेको भन्दै यसका विरुद्ध विद्यालय केन्द्रीत अभियान सञ्चालन गर्न लागिएको  लुम्विनी प्रदेश युवा परिषद विकास समितिका कार्यकारी उपाध्यक्ष हंशराज खनालले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत आईतबार नेपालगञ्जमा लागू औषध तथा दुव्र्यसन विरुद्ध एकदिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । 

कार्यक्रममा उच्च शिक्षा अध्ययन गरिरहेका करिब एकसय १२० जना युवाहरुको सहभागिता रहेको प्रदेश युवा परिषद् विकास समितिका कार्यालय प्रमुख अधिकृत प्रेमराज रावतले जानकारी दिनुभयो । 

कार्यक्रममा मनोसामाजिक चिकित्सक दिप्ती काफ्ले, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्ट, अग्रज पत्रकार गोपिन्द्र बुढामगर, प्रकाश उपाध्यायले सहजिकरण गर्नुभएको थियो । 

तालिमको उद्घाटनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले बाँकेमा लागूऔषध दुब्र्यसन ठुलो समस्याको रुपमा रहेकाले प्रदेश सरकारलाई प्रभावकारी कार्यक्रम बनाउन सुझाव दिनुभयो ।

लुम्विनीमा युवा केन्द्रीत लागू औषध विरुद्धको अभियान

हुम्लामा विद्युत् सेवा अवरुद्ध

लुम्विनीमा युवा केन्द्रीत लागू औषध विरुद्धको अभियान

छायाँनाथ अल्ट्रा रेसकाे उपाधि जुम्लाका धिरबहादुर र

Leave a comment

Your email address will not be published. Required fields are marked *