घुयँत्राे:”पुराना दलको रोग खोज्दै हिँड्दा आफ्नै रिपोर्ट पोजिटिभ”

हैन ! रास्वपा भन्या त बत्तिसै लक्षण युक्त पाटि हाे भन्या हैन र ? त्यै भएर जनतालेनि दुईतिहाई मतदेर प्रधानमन्त्रीलाई छाडा छाेड्देर जे गर्छाै गर ! तिमी भन्या त साक्षात भगवानै हाै भनेर त जननिर्वाचित प्रतिनिधिकाे थलाे सदनतिर फर्केरै नगएनि हुन्छ भन्ने जनमतकै कारण प्रधानमन्त्री ज्यु दिनमा हैन रातमा सामाजिक सन्जालाँ सदन चलाउनु हुन्छ । प्रधानमन्त्री काे यै मर्म बुझेर हाेला राप्रपा कर्नालिका नेताहरु चुनाबका नाममा भित्रभित्रै बालेन र रबिका नाममा गाेदागाेद गर्नाले त्याे कर्नालि प्रदेशकाे चुनाब बासीमात्रै हैन त्यासी समेत भै सक्याे तर पनि परिणाम आउने नआउने ठेगान छैन । पुराना दल काँग्रेस एमालेकाे गुठबन्दिलाई लेर अनेकन तर्कवितर्क गर्दै राजनीतिक बहस गर्ने रास्वपा, सरकार बनाएर सत्ताकाे दाैडमा दाैडि रहँदा पुराना दलकाे गुठबन्दिसितै मुछिन पुग्याछन । दलभित्रकै गुठबन्दिले गर्दा पहिलै महाधिवेशनकाे प्रतिनिधि छनाैटमा नेताहरुवीच कुटाकुट भका कुरा छताछुल्ल बाहिरिँदैछन । अबकाे ४ दिनाँ पहिलाे महाधिवेशन हुँदैछ । जिल्ला र प्रदेश अधिवेशनाँ कुटाकुट गर्ने प्रतिनिधि पाटि सभापति रबि लामिछानेकै निर्वाचन जिल्लाँ उपस्थित भएर महाधिवेशनाँ भागलिई रहँदा त्यैँ पनि गुठकाे सिकार बनेर लडाभाँति गरे भने पाटि सभापतिले पाटिकाे साख कसरी बचाउलान था छैन । अरुका अगाडि आफ्नो पाटि दुधले नुहाएकाे पवित्र पाटि भनेर धक्कु लगाई रहँदा जिल्ला र प्रदेश अधिवेशनाँ गुठकै निम्ति लडाभाँति गर्या कुरा नेताहरुले कसरी लुकाउने हुन । अँझ भएन भनेर रास्वपाका नेता तथा कार्यकर्ता भन्या चाेखा काेई छैनन । पुराना दल एमाले, माओवादि र काँग्रेस भित्रकै महत्वा काँक्षा बाेकेका र सरकारकाे आडमा दलालि र भष्टाचारगरि कमाईकजाई गर्न खाेज्ने जमातहरुकाे भिड भनेकै ऐल्या रास्पाकाे भिड हाे । सँधैभरि सरकार बनाउने दलकै घेराँ बस्न चाहने र त्यसकै फाईदा लिएर राजनीतिमा दादागिरी देखाउनेहरुकाे बाेलवाला रहेकाे रास्वपा महाधिनाँ चितवनै हल्लाएमान गराउने गरि भाँडभैलाे हुननि सक्छ । रास्वपाका आगामी दिन कसरी अगाडि बढनेछन भन्ने तय गर्ने याे महाधिवेशनाँ नेताहरुले प्रतिनिधिहरुलाई तह लाउन सकेनन भने यिनिहरुले जसरि पुराना दलकाे उँधाेगति गराएर नयाँ दल रास्वपाँ प्रवेश गरे त्यस्तै हविगत याे दलकाे गराई दिनेछन । किनभने याे जमात, दल बनाउन तथा जनता र देशकाे सेवा गर्न हैन कि आँफु बन्न आएकाे हाे । त्यसैले पनि रास्वपा जन्माउने हरुका लागि याे महाधिवेशन निकै चुनाैति पूर्ण हुन सक्दछ । त्यसै त रबि र बालेनमा पाटिमा कस्ले कब्जा जमाउन सक्छ भनेर हाेडबाजि चलिरहेकाेछ ।त्यसैमा जिल्ला र प्रदेशमा जन्मेका झगडाका बीउ महाधिवेशन हुँदै सरकारमा समेत पुग्याे भने बिपक्षिहरुले मात्रै बल्लखाईस भन्ने नभएर गैर राजनीतिक क्षेत्रका मान्छेले समेत कुम ठाेक्नेछन । साैतिरबाट बस्ति सरेर आएकाे खिचडा बस्तिकाे समाजलाई डाेर्याउन कति हम्मे हुन्छ त्यस्तै हम्मे हम्मेकाे अबस्थाँ रास्वपा पाटिछ । याे कुरालाई बुझेर पाटि हाँक्याे भने ठिकैहाेला । अन्यथा पाटिमा कुनै दुखै नगरि याैटा आन्दोलनले जुटाई दिएकाे अबसरमा बनेकाे घण्टीकाे सरकारले त्याे घण्टीकाे आवाज धेरै लामाे दुरिसम्म पुर्याउन सक्ने छैन । नेताहरुमा चेतना भया !






