रारा ट्रेल रनमा जुम्लाको दबदबा, पुरुष–महिला दुवै उपाधि जिते

गाेल्डेन बुढा

जुम्ला,३० बैैशाख। 
मुगुमा बुधबार सम्पन्न छैटौं रारा ट्रेल रन प्रतियोगितामा जुम्लाका खेलाडीहरूले पुनः आफ्नो उत्कृष्टता प्रमाणित गर्दै महिला र पुरुष दुवै विधाको उपाधि जितेका छन्। रारा तालको मनमोहक प्राकृतिक परिवेशमा आयोजित यस १६ किलोमिटर दौडले खेलकुदसँगै पर्यटन प्रवर्द्धन र स्थानीय संस्कृतिको उजागरमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।रारा ट्रेल रन रारा ताल वरिपरि आयोजना गरिएको १६ किलोमिटरको दौडमा पुरुषतर्फ जुम्लाका दल बहादुर कुँवर पहिलो हुनुभए। उनले निर्धारित दूरी १ घण्टा १५ मिनेटमा पूरा गर्नुभएकाे हाे। दोस्रो स्थान जुम्लाकै राज बुढाले हासिल गरे, भने तेस्रो स्थान मुगुका अक्कल बढुवालले प्राप्त गरे । प्रतिस्पर्धात्मक रूपमा सम्पन्न पुरुषतर्फको दौडमा जुम्लाका धावकहरूको निरन्तर अग्रता देखिएको थियो।महिलातर्फ पनि जुम्लाकै वर्चस्व रह्यो।

सुनमाया बुढाले १ घण्टा १३ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितिन्। । दोस्रो स्थान जुम्लाकै राममाया बुढाले हासिल गरिन्।त्रिभुवन आर्मी क्लबकी खेलाडी सुन्सरी रोकाया तेस्रो भइन् । महिलातर्फको प्रतिस्पर्धामा पनि जुम्लाका खेलाडीहरूको निरन्तर दबदबा कायम रहँदा अन्य जिल्लाका खेलाडीहरूले कडा चुनौती प्रस्तुत गरेका थिए।यसैगरी, ५ किलोमिटर दौडमा पुरुषतर्फ देबिराज रोकाया पहिलो र सुशील बिक दोस्रो भए। महिलातर्फ मनिषा रावल पहिलो र पुष्पा रोकाया दोस्रो स्थानमा भइन्। छोटो दूरीको दौडमा पनि स्थानीय खेलाडीहरूको प्रभावशाली प्रदर्शन देखिएको आयोजकले जनाएको छ।प्रतियोगिताका विजेताहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्। रारा ट्रेल रनमा ४ सय सात जनाले भाग लिएका छन् । १६ किलोमिटर दूरीको ट्रेल रनमा ३ सय १२ जना पुरुष र ४९ जना महिला धाविकाले भाग लिएका छन् ।५ किलोमिटर रनमा ३१ जना पुरुष र १५ जना महिलाले भाग लिएका छन्।कार्यक्रममा नेपाली सेनाद्धारा नृत्य, खुकुरी नृत्य, लोक तथा दोहोरी गित प्रतिष्ठान मुगुले मुगुको कला संस्कृति झल्किने गित तथा स्थानीय नृत्यहरु प्रर्दशन गरेको थियो। यसले खेलकुदसँगै सांस्कृतिक पहिचानलाई समेत एकै मञ्चमा प्रस्तुत गरेको देखिन्छ।कार्यक्रममको उद्धघाटन उत्तर पश्चिम् पृतनापति दिपकजंग शाह, प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले सयुक्तरुपमा गर्नुभएकाे आयोजकले जनाएको छ। नेपाली सेना राराले बिगत ५ वर्ष देखि निरन्तर रुपमा दौड प्रतियोगिता सञ्चालन गर्दे आईरहेको छ ।

खेल क्षेत्रमा युवायुवतीको आकर्षण बढाउन, कर्णाली खेल पर्यटनका हिसाबले पनि संभावनायुक्त क्षेत्र भएको चिनाउन र खेलाडीहरुको प्रतिभा पहिचानको लागि यो प्रतियोगिता हरेक वर्ष भइरहेको छ ।यो रारा ट्रेल रनले नागरिक सैनिक सम्बन्धलाई बलियो बनाउने अपेक्षा राखिएको छ ।

१८ वर्षदेखि ४५ वर्ष उमेर समूहका धावक धाविकाहरुले सहभागिता जनाएका छन् । यससँगै १० वर्षदेखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर रन फर फनसमेत भएको छ ।रारा क्षेत्रमा विगत केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताले खेलकुद विकाससँगै दुर्गम क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। रारा तालको प्राकृतिक सौन्दर्यसँग जोडिएको यस्तो प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

रारा ट्रेल रनमा जुम्लाको दबदबा, पुरुष–महिला दुवै उपाधि जिते

रारा ट्रेल रनमा जुम्लाको दबदबा, पुरुष–महिला दुवै

Leave a comment

Your email address will not be published. Required fields are marked *