घुयँत्राे:“संसदमा मौन, फेसबुकमा फौजी : प्रधानमन्त्री बालेनको मध्यरात्री लोकतन्त्र”

अराष्ट्रपतिले सरकारकाे निति तथा कार्यक्रम ल्याईरहँदा देखि विवादमा आएका प्रधानमन्त्रीले अन्तत संसदमा उठेका प्रश्नकाे जवाफ दिने परम्परा पनि ताेडने निर्णमा पुगेका छन । खासमा बालेन याे ५ बर्षका लागि हिँडन लागेकाे बाटाे कहाँ कसरी तय गर्ने हुन वा गर्दैछन उनका पाटि सभापतिलेनि जानकारी पाएका छैनन जस्ताे लाग्छ । खासमा त्तँफुबाहेक कसैलाई नि मान्छेकाे रुपमा हेर्न र मान्न नचाहने बालेन शाह आँफैमा अदभूत जिनिस हुन भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दैछन । बालेनकाे याे पारादेख्दा उनलाई जनताले के देखेर भाेट दिए आँफैमा अनाैठाे लाग्छ । कसैसित नझुक्ने र नदब्ने वलिकाे जस्तै बानिब्यहाेराले गर्दा अब बालेन पनि वलि जस्तै बदनाम हुन बेर छैन । वलि बालेन दुबैकाे नेचर फरक छ । याैटा अनाबस्यकरुपमा बाेलेका बाेल्यै हुन्छन् भने अर्का बाेल्नै पर्ने आबस्यक अबस्थामा पनि बाेल्दै बाेल्दैनन । अर्थात याैटाले बढि बाेलेर बिगारे भने अर्का बाेल्दै नबाेलेर मान्छे चिढ्याई रहेका छन । लाेकतन्त्र,गणतन्त्र , संसदीय ब्यवस्था र आम निर्वाचन स्विकारेर सत्तामा जाने जस्तोसुकै तानाशाह प्रधानमन्त्री भएनि उसले संसदमा उभिएर सरकार वा पाटिका तर्फबाट राख्नु पर्ने कुरा राख्छ र आँफुताना शाहनै भएनि सदनमा आफ्ना विचार राखेर आफ्नाे तानाशाहि र निरंकुसता खुम्चिएकाे महसुस गर्दैन । तर नेपालका प्रधानमन्त्री बालेन शाह सदनमा सांसदहरुले उठाएका कुराहरुकाे जवाफ सदनमै गएर दिन चाहँदैनन । बरु जब झमक्क साँझ पर्छ वा मध्य रातमा निन्द्राले छाेडछ तब सामाजिक सञ्जालमा आफ्ना आक्राेसहरु पाेख्छन । जनताले दुई तिहाई मत दिएर सदनमा पठाएका र त्यसकै आडमा प्रधानमन्त्री बन्न पुगेका बालेनले संसदबाट आफ्ना कुरा नराख्नुलाई जनताकाे मानमर्दन भएकाे ठान्दैनन् नत त्यस्ताे महसुस नै गर्दछन । संसदलाई नमान्ने भए संसद बैठक किन बाेलाएका हुन कुन्नि अब त जनतापनि बालेनका चर्तिकलादेखि दिक्क छन । हरेक दिजसाे याैटा न याैटा विवादमा तानिने बालेनकाे चरित्रले गर्दा जनताआजित हुँदै गै रहेका छन । के के नै नयाँ कुरा र नयाँ परिवर्तन ल्याएर देशलाई पाँचैबर्षमा चन्द्रमा छुने बनाउँछ भनेर बालेनकाे पक्षमा वकालत गर्नेहरु पनि ऐले त बालेनका उट्पट्याङ देखेर निरासछन भने सरकारले हालै सदनमा पेश गरेकाे कार्यक्रम नयाँ नभएर कर्मकाण्डी भएकाे र २०८१ काे नीति तथा कार्यक्रमकाे कपिपेष्ट भएकाे उल्ले गर्दै रास्वपाका सांसदहरुलाई ८१ काे नीति तथा कार्यक्रम र यसपटककाे नीति तथा कार्यक्रम संगै राखेर पढन राप्रपाका ज्ञानेन्द्र शाहिले सुझाब दिएछि याे सरकारकाे हैसियत झन छताछुल्ल भएकाेछ । उता महावीर पुनलेनि पुरानै दलले ल्याएकाे कार्यक्रम भन्दा अँझ गैगत्तकाे नीति तथा कार्यक्रम आएकाे उल्लेख गर्दै विज्ञान रप्रविधिकाे युगमा पनि ती बिषयलाई कहिँ कतै नछाेएर सरकारले आफ्नो नीति प्रस्तुत गर्नुले पुराना दलका मनन्छेकाे भन्दानि याे रास्वपाका सांसद र कार्यक्रम बनाउने सल्लाकारहरुकाे दिमागमा गिदिनै नभएकाे प्रष्ट भएकाे कुरा पुनले सामनजिक सन्जालमा मात्रै लेखेनन कि सदनमा उभिएर पनि बाेले । बालेन सरकार जतिजति बयष्क हुँदै जाँदै छ उसका गतिविधिमा झन झन केटाकेटि पन र गैर जिम्मेवार देखिनुले हात्तीका खाने दाँत र देखाउने दाँत फरक भएझैँ कतै बालेनकाे नि बाहिरी चरित्र र भित्रि चरित्र फरकफरक त छैनन । संसदमा जवाफ त स्वर्णिमले देलान तर बालेनकाे चरित्रकाे बारेमा जवाफ कल्ले देला ? जान्न मन लाथ्याे ।

घुयँत्राे:“संसदमा मौन, फेसबुकमा फौजी : प्रधानमन्त्री बालेनको मध्यरात्री लोकतन्त्र”

अर्घाखाँचीमा बस दुर्घटना, चारजनाको मृत्यु

घुयँत्राे:“संसदमा मौन, फेसबुकमा फौजी : प्रधानमन्त्री बालेनको मध्यरात्री लोकतन्त्र”

रारा ट्रेल रनमा जुम्लाको दबदबा, पुरुष–महिला दुवै

Leave a comment

Your email address will not be published. Required fields are marked *