घुयँत्राे:”११ महिना निदाउने विकास, असारमा मात्र म्याराथन दौड!”

याे बर्षकाे असारे विकासनि सक्कियाे । गएकाे राति १२ बजेबाट भुक्तानी दिने काम बन्दभाे भनेर सरकारी निकायबाट सूचनै आईसकेछि याे बर्षकाे विकासे कामले थकाई मार्याे भन्ने बुझ्नु पर्याे हैन त ! बर्षभरियाँ कर्नालि सरकारले त विकास पनि भतक्कै गरेछ ५५ प्रतिसत अरे। केन्द्रीय सरकारले नि त्यसकै आसपास त गरे हाेला ? केई दिन अघि मात्र कता १२/१३ प्रतिसत रकम मात्रै खर्चभाकाे भन्ने कुरा आईराबेला आज उठेर बिहान फेसबुकाँ सम्चार हेर्दा त कर्नालि प्रदेशाँ ५५ प्रतिसत विकास बजेट खर्च भा काे भन्ने सम्चार आएछि खास विकास भन्या त आषाढकाे बीस पारी र २५ वारि पाे हुँदाे रैछ भन्ने लायाे । अनि मंशिर देखि असारकाे दाेश्राे सातासम्म विकास भएन भनेर रुवावासी गर्ने हामी अनि काँट विकास हुँदाे के ! सरकार,कर्मचारी, ठेकदार यीनरले विकास गर्ने भनेकै असाराँ रैछ त अनि अघिपछि विकास खाेज्ने हामी हुस्सु ! विकास हेर्न असारसम्म पर्खिन पर्छ भन्ने पनि था नपाका के ! हुन त याे पटककाे सरकार त पुराना भष्टाचारी दलकाे नभाकाे र नयाँ दलले पुरानादलले भन्दा फरक तरिकाले विकास गर्लान , विकासका नयाँ नयाँ तरिका हुन्छन हाेला भन्या त देश बनाउने भनम कि विकास निर्माण गर्ने त उई पुरानै तरिका पाे रैछ त ! मान्छे मात्रै फेरिने विकासे तरिका त उई पाे रैछ । हैन याे सारा संसारबाटै हाई हाई भा सरकारले नि काम गर्ने माेडेल किन परिवर्तन नगर्या हाेला ? हुन्त काम गर्ने मान्छ्या चिन्तन उइ भएछि नयाँ तरिकाले ठाउँकाँ पाओस ! हिजाेकाे सरकारले आर्थिक बर्षकाे जुन माेडेल चलाथ्याे यसलेनि त्यै माेडेल चलायाे । असारे विकासाँ देशकाे ढुकुटी जति रित्याउने र विकासमा हिजाे जति प्रतिसत रकम खर्च हुँदैआथ्याे आजनि त्यत्ति मात्रै खर्च हुने हाे भने बालेन सरकार आउनु अनि जेनजीले देशाँ त्यत्राे ध्वंस मच्चाउनुकाे के उपलब्धि भाे त ! अनि दुख गरेर चुनाब गराउनुकाे के अर्थ भाे त ! के त्यसाे भए त यी बालेनका कर्मचारीले नि हिजाेका कर्मचारीले झैँ विकास बजेटाँ भष्टाचार गरे त !? हुन त भष्टाचार गर्या नगर्या कुरा अख्तियाराँ मुद्दा पर्या नपर्या कुराले केही समय पछि था भै जाला । तर केई छैन हिजाेसम्म ठेकेदारकाे उछिताे काढने रास्वपाका नेतारु गाेडादुई दिनदेखि ठेकदारहरुसित वार्ताँ जुट्याछन । सायद सरकार र ठेकदारहरुबीच सुलहभाे र सरकार यीनै ठेक्दारबाट काम लिन तयार भाे भने पुरानादलले फुटाकाे भष्टाचारकाे मुल बन्द हुन्न । बरु मुलबाट बाहिर निकाल्ने तरिका मात्रै फरक त हाेला हैन र? हुन त जेनजीहरले भन्लान हाम्राे सरकार आकाे तिनै मैना त भाे ! ३ मैनाँ के विकास गर्न सकिन्छ र ,विकास विकास भन्दै चिल्लाछन मान्छे ! तर नेपालकाे हकाँ टेण्डर भएर सकिने र याेजनामा बजेट बाँडिने यीनै तीन मैना त हुन विकास गर्न सकिने ! यै अबधियाँ जति विकास गर्न सकियाे सकियाे अरु मैनाँ गर्न सकिन्न । तर हिजाेका दलले जसरि यै पचास पच्पन्न प्रतिसत बजेट जुन खर्च गर्थे ऐलेकाे बालेन सरकारले नि त्यै ५५ प्रतिसतनै रकम खर्च गर्याे भने पुरानाे र नयाँ दलाँ भिन्नता के भाे के ? साँच्चै जनताले दुईतिहाई दे कै कुरा र पुराना दललाई यसाे र उसाे भनेर खिस्सिटिउरी गर्ने आफ्ना कार्यकर्तालाई ढाब मारि रहने हाे भने त बालेनले सबसे पहेले आर्थिक बर्ष परिबर्तन गरेर बैशाखबाटै आर्थिक बर्ष लागू गर्नु पर्याे अनि भदाैसम्म विकास निर्माणका सम्पूर्ण टेण्डर गरेर सक्नु पर्याे अनि असाेज देखि चैत ,८ महिनामा विकासका काममा दिलाे ज्यान दिएर लाग्नु पर्याे तब बल्ल जनताले चाहे जस्ताे विकास हुन्छ । विकासे हाकिमले निश्चित समयमा सक्ने भनेर ताेकेकाे काम हाकिम ठेकेदार र फिल्डमा खटेकाे प्राविधिक ले सिध्याउन सकेनन भने ताेकेकाे काम समयसिमा भित्र नसक्नेलाई के कार्वाहि गर्ने हाे गर्नु पर्याे , अन्यथा नेपालका ठेकेदार , हाकिम र प्राविधिक मिलेर सरकारलाई सिध्याउने मात्र हैनकि भष्टाचारकाे अन्त्य हैनकि त्यसकाे चाङ नै लाग्नेछ । त्यसैले याे सरकारलाई ५ बर्षमा देशकाे कायाँपलट गरेर देखाउने रहरछ भने भाेलिका दिनबाटै जुटाैँ र पहिले ठेकेदारहरुलाई काम गर्ने विषयमा तयार गराैँ त्यसपछि आफ्ना कर्मचारी बीच बसेर उनिहरुकाे स्पस्ट मनसाय लिउँ यदि उनिहरु काेहि काम गर्ने पक्षमा छैनन भने उनिहरुलाई बिदा गराैँ । त्यसकाे सट्टा अर्काेलाई काम दिउँ । अन्यथा उहीँ पुरानै संयन्त्र र पुरानै बाटाे पछ्याईले न विकास हुन्छ न भष्टाचारकाे अन्त्य हुन्छ । न नयाँ सरकार माथि जनताकाे विश्वास रहन्छ ।
” बिरसिक्का “

घुयँत्राे:”११ महिना निदाउने विकास, असारमा मात्र म्याराथन दौड!”

रहेनन् गणेश नेपाली

घुयँत्राे:”११ महिना निदाउने विकास, असारमा मात्र म्याराथन दौड!”

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

Leave a comment

Your email address will not be published. Required fields are marked *