रहेनन् गणेश नेपाली

काठमाडौं ,२६ असार ।
विहीबार हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको निधन भएको छ ।
उनको उपचारका क्रममा वीर अस्पतालमा ११ः२० मा निधन भएको हो ।
महानगर प्रहरीले मोटरसाइकलको ह्वील लक गरेको भन्दै आक्रोशित बनेका गणेशले आफ्नै शरिरमा पेट्रोल छर्किर आगो लगाएका थिए ।






