बालविवाह र लागुऔषधविरुद्ध घरदैलो अभियान, ‘एक घर, एक अध्ययन कुनो’मा जोड

बर्दिया,२४ भदौ ।

बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा ‘एक घर, एक अध्ययन कुनो’ अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान बर्दियाको मधुवन नगरपालिका–१ स्थित पथ्थरबोझी गाउँमा सम्पन्न भएको छ।
प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रद्वारा संयुक्त रूपमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत अभियान सञ्चालन गरिएको हो। स्थानीय सरकार, समुदाय, सरोकारवाला निकाय तथा सामुदायिक प्रहरीसँगको समन्वय र सहकार्यमा सञ्चालित अभियानले बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित, संरक्षणयुक्त र सहयोगी वातावरण निर्माण गर्नुपर्ने सन्देश प्रवाह गरेको थियो।


अभियानमा मधुवन नगरपालिका–१ का वडाध्यक्ष मिनबहादुर थापाको सहभागिता रहेको थियो। उहाँले समुदायका अभिभावक तथा स्थानीय बासिन्दालाई बालविवाह र लागुऔषध दुरुपयोगका कारण, जोखिम तथा त्यसबाट हुने नकारात्मक प्रभावबारे जानकारी गराउँदै बालबालिकालाई उचित हेरचाह, संरक्षण, मार्गदर्शन तथा शैक्षिक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो।
बालबालिकाको सुरक्षित, स्वस्थ र सकारात्मक विकासका लागि परिवार तथा समुदायले सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै वडाध्यक्ष थापाले बालविवाह र लागुऔषध दुरुपयोग रोकथाममा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
त्यसैगरी, कोठियाघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रोशनबहादुर पुन मगरले बालविवाह तथा लागुऔषध दुरुपयोगसँग सम्बन्धित कानुनी प्रावधान तथा दण्ड–सजायबारे जानकारी गराउनुभयो। उहाँले बालविवाह र लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि परिवार, समुदाय, स्थानीय सरकार, सामुदायिक प्रहरी तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले जोखिमको समयमै पहिचान गरी सम्बन्धित निकायलाई सूचना तथा उजुरी गर्न र सामूहिक रूपमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गर्न आग्रह गर्नुभयो।


अभियानमा पूर्वविद्यार्थी समूह, किशोरी समूह तथा बाल समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। युवा तथा किशोरकिशोरीहरूले घरदैलोमा पुगेर बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण, अभिभावकीय जिम्मेवारी तथा बालबालिकाका लागि घरमै अध्ययन गर्ने वातावरण निर्माण गर्न ‘एक घर, एक अध्ययन कुनो’को महत्वबारे परिवार तथा समुदायलाई जानकारी गराएका थिए।
घरमा बालबालिकाका लागि छुट्टै अध्ययन गर्ने स्थानको व्यवस्था गर्दा उनीहरूको पढाइप्रति रुचि बढ्नुका साथै नियमित अध्ययन गर्ने बानी विकास गर्न सहयोग पुग्ने सन्देश अभियानमार्फत दिइएको थियो।
अभियानको व्यवस्थापन तथा समन्वय बाँके युनेस्को क्लबकी क्षेत्रीय पर्यवेक्षक मिनु थारू तथा राधाकृष्ण थारू जनसेवा केन्द्रकी क्षेत्रीय पर्यवेक्षक दीक्ष्या बिष्टले गर्नुभएको थियो। स्थानीय समुदाय, सामुदायिक प्रहरी तथा सरोकारवालासँग गरिएको प्रभावकारी समन्वयले अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।
घरदैलो अभियानले बाल संरक्षण, बालविवाह तथा लागुऔषध दुरुपयोग रोकथामसम्बन्धी सन्देश प्रत्यक्ष रूपमा परिवार तथा समुदायसम्म पुर्‍याउनुका साथै समुदायको सचेतना, स्वामित्व र सामूहिक जिम्मेवारीलाई थप सुदृढ बनाएको आयोजकको भनाइ छ।

 


अभियानले बालबालिका, किशोरकिशोरी तथा युवाहरू स्वयं समुदायमा सकारात्मक परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने सन्देशसमेत दिएको छ। बालविवाह र लागुऔषध दुरुपयोग रोकथाम कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई परिवार, समुदाय, युवा, स्थानीय सरकार, सामुदायिक प्रहरी तथा विकास साझेदार सबैको साझा दायित्व रहेकोमा जोड दिइएको छ।
अभियानका सहभागीहरूले बाल्यकालको संरक्षण, शिक्षालाई प्राथमिकता, युवालाई सशक्तीकरण तथा सुरक्षित घर र सबल समुदाय निर्माणका लागि निरन्तर सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

बालविवाह र लागुऔषधविरुद्ध घरदैलो अभियान, ‘एक घर, एक अध्ययन कुनो’मा जोड

नौ वर्षमा ३४१ किलोमिटर सडक कालोपत्र, ३

बालविवाह र लागुऔषधविरुद्ध घरदैलो अभियान, ‘एक घर, एक अध्ययन कुनो’मा जोड

बालविवाह र लागुऔषधविरुद्ध घरदैलो अभियान, ‘एक घर,

Leave a comment

Your email address will not be published. Required fields are marked *