यु–१९ राष्ट्रिय महिला क्रिकेट सनाको छाँयामा टीका र प्रिन्साको अर्धशतक

सुर्खेत, जेठ २३ ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीका महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार कोशी प्रदेशका टीका शाह र प्रिन्सा रानामगरको अर्धशतकीय पारी मधेशकी सना परविनले छाँयामा पारिदिएकी छन् ।
प्रतियोगिताको आफ्नो पहिलो खेल खेल्न कालुङचोक मैदानमा उत्रिएको मधेशको पहिलो जीतमा सना एक्लै हावी हुँदा कोशीको पहिलो हारसंगै टीका र प्रिन्साको अर्धशतकसमेत ओझेलमा प¥यो ।
१६ ओभरको तेश्रो बलमा खेल जित्न जम्मा २ रन चाहिएको अवस्थामा व्यक्तिगत ४८ रनमा खेलिरहेकी सनाले सातौ चौका प्रहार गर्दै फिनिसरका रुपमा अर्धशतकीय पारीसंगै खेल समापन गरिन ।
उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्दा अनुभव अनुसारनै खेल्दै आएकी सनाले नटआउट १०६ को स्टाइक रेटमा ४९ बलमा ५२ रनको उत्कृष्ट पारी खेलेपछि क्रिजलाई ढोगेर सम्मान व्यक्त गरिन् ।


अर्को छेउबाट उत्तिकै जिम्मेवारी र संयमतताका साथ सनासंग साझेदारी गरेकी साक्षी यादवले ४६ रनको व्यक्तिगत स्कोरमा खेल्दै गर्दा सिंगल रन लिएर स्टइक रोटेट गरेर सनाका लागि अर्धशतकीय पारी खेल्ने मौका जुराइन् ।
एलिशा यादव ७ र शिवानी साह शून्यमै पवेलिएन फर्किएपछि ओपनर सनासंग साझेदारी गर्न क्रिजमा उत्रिएका साक्षीले १ सय १५ को स्टाइक रेटमा ८ चौकासहित ४० बलमा ४६ रनको योगदान दिइन् । मधेशका दुबै विकेट शुभेक्षा लिम्बुले आफ्नो नाममा लेखायन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । ओपनिङ गर्न आएकी पूर्णिमा राजवंशी खाता नखोलेर फर्किएपछि उनीसँगै ओपनिङमा आएकी टीका शाहले ५१ रन जोडिन् भने तेश्रो क्रममा व्याटिङमा आएकी प्रिन्सा राना मगरले नटआउट ५५ रन जोड्दै उत्कृष्ट साझेदारी गरिन् ।
अविजित प्रिन्साले ६८ बलमा ९ चौकासहित प्रतियोगिताको पहिलो अर्धशतकीय पारीको रेकर्ड बनाउँदा टीकाले भने ३६ बलमा ११ चौकासहित दोश्रो अर्धशतक पूरा गरिन् ।
वीरेन्द्रनगर रंगशालामा भएको चौथो खेलमा लुम्बिनी गण्डकीसंग पाँच विकेटले स्तब्ध भयो । टस जितेर गण्डकीविरुद्ध पहिला ब्याटिङ गरेको लुम्बिनीले १८.३ ओभरमा अलआउट हुनुअघि १३ अतिरिक्त रनसहित जम्मा ६३ रन बनाउन सक्यो ।

लुम्बिनीका लागि अञ्जी पाठकले १३ र योजना थापाले १२ रनबाहेक अरु कुनै ब्याटरले दोहोरो आँकडा छुन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका कुशुम गोदार र प्लयेर अफ दि म्याच बनेकी रचना चौधरीले आठ–आठ रन खर्चिएर समान तीन–तीन विकेट लिए भने रञ्जना साउँदको नाममा २ विकेट रह्यो ।
लुम्बिनीबाट पाएको ६३ रनको झिनो लक्ष्य गण्डकीले १२.४ बलमा पाँच विकेट गुमाउँदै पुरा ग¥यो । पहिलो खेलमा बागमतीलाई सात विकेटले हराउँदै २ अंक जोडेको गण्डकीका लागि अंक तालिकामा दोहोरो अंक दिलाउने क्रममा ज्योत्सिनीका मरासिनी र दीपिका सापकोटाले समान १६ रनको योगदान दिए । लुम्बिनीका लागि आशना चौधरी र आयुषा भुषालले समान दुई–दुई र विमिता मगरले १ विकेट नाममा लेखाए ।

यु–१९ राष्ट्रिय महिला क्रिकेट सनाको छाँयामा टीका र प्रिन्साको अर्धशतक

सडक सञ्जालमा जोडियो अपि

Leave a comment

Your email address will not be published. Required fields are marked *