घुयँत्राे:“राष्ट्रपति पनि कन्फ्युज: हिजो ‘न’, आज ‘हुन्छ’ — अध्यादेशको फास्ट-ट्र्याक सेवा”

अन्तत राष्ट्रपतिले संबैधानिक परिषद सम्बन्धि  अध्यादेश स्वीकृत गरेका छन । विपक्षि दलहरुकाे चेतावनि स्वरुप एक पटकका लागि अध्यादेश फिर्ता गरेर विपक्षि दलहरुकाे मन राखेनि फिर्ता भएकाे अध्यादेश भाेलिपल्टै सरकारले जस्ताकाे त्यस्तै स्विकृतिका लागि पठाएछि राष्ट्रपतिलेनि कत्ति ढिलाे नगरेर स्वीकृत गरि दिएकाछन ।  राष्ट्रपतिले अध्यादेश फिर्ता पठाएछि न्यायिक निकायमा रहेका मान्छेहरु आफ्नो र विरानाेकाे जाेड घटाउ गरि रहेका विपक्षि दलहरु राष्ट्रपतिले भाेलिपल्टै अध्यादेश स्वीकृत गरेछि ऐले ३ दलका नेताहरुलाई आैडाहा भएकाेछ । अध्यादेश स्वीकृति पछि बालेन सरकारले के के गर्ने हाे उनिहरु अन्याैलमा छन । न्यायालयलाई समेत आफ्नो अधिनमा राखेर राज्यसत्ता चलाउँदै आएका काँग्रेस कमिनिष्टहरुका आड भराेसाका केन्द्रहरुजतिमा बालेन पसेर पुराना दलवालाहरुकाे चरित्र नाङ्गो गराएछि विचराहरु अब के गरम र कसाे गरम्काे स्थितिमा पुगेका छन । बालेनकाे आक्रामक शैली दुई तिहाइ जनताकाे समर्थन भएकाे सरकारले गर्न लागेका कामकाे फेहरिस्त र गरिसकेकाे कामकाे फेहरिस्त हेर्दा र परिणाम मुखि कामकाे गणना गर्दा सरकार अत्यन्त सफल हुँदै गै रहेकाेछ । यै माैकामा हर्क साम्पाङ र दुर्गा प्रसाईं बालेनलाई सफल हुन नदिन लागेपछि केही हुकुमवासी दलालहरु सरकारकाे विराेधका नाममा स्कुले केटाकेटीलाई ल्याएर सडकमा उफ्रिँदैछन । सुकुम्बासीका नाममा सडकमा मान्छे उराल्ने दलालहरुप्रति सरकार निर्मम भएर प्रस्तुत हुन सकेन भने दलालहरुले सरकारलाई सजिलै गरिखान दिनेवाला छैनन ।त्यसैले याे सरकारले सबैभन्दा पहिला समाजमा झुठाे प्रचार गर्ने र सरकारका विरुद्ध सडकमा मान्छे उराल्नेहरुलाई तहलाउन सक्नु पर्छ । सरकारलेचाहेका करिब सबै अध्यादेश आईसकेका छन अब ती अध्यादेश मुताविक गर्नु पर्ने काममा सरकार रातदिन नभनेर लाग्नु पर्ने देखिन्छ । अध्यादेश अनुसार काम गर्न नसकेर वा ढिला गर्न थालियाे भने विपक्षिहरुले याे अध्यादेशलाई राष्ट्रिय सभामा पास हुन दिने छैनन । यदि राष्ट्रिय सभाबाट पास भएन भने गर्न लागेकाे काम अधुराे रहन जानेछ त्यसैले सरकारले बजेट अधिवेशन आउनुपूर्वनै सबै काम सकिसकेकाे हुनु पर्ने हुन्छ । सुकुम्बासी लाई ब्यवस्थित गर्ने अभियानमा सरकार जसरि निर्मम भएर लागि रहेकाेछ त्यसै गरि आँफुले पूरा गर्न चाहेकाले चुनाबि प्रतिज्ञा पत्रमा उल्लेख गरेका अन्य काममा पनि त्यस्तै कठाेर रबैया अपनाउन जरुरीछ अन्यथा यी दलका झाेलेहरुले कुनै न कुनै बहानामा काम हुन दिने छैनन । भष्टाचार गर्नका लागि कर्मचारी संगठन चाईयाे भन्ने कर्मचारी र उपकुलपति र रजिष्टार नियुक्त गर्न पाईन भनेर विश्व विद्यालय बन्द गर्ने युवा विद्यार्थी संगठनएउटै खाले चरित्रका उपज हुन आफ्नाे संगठनका सदस्य साथिहरुकाे वृतिविकास र उनिहरुका हक अधिकार संरक्षण गर्न सरकारसित लडनु पर्ने ठाउँमा याैटाले कुलपति पिटन पाईन भनेर टेवुल ठाेक्छ भने अर्काेलेभष्टाचार गर्ने अफिस दिलाई देउ भनेर नेताकाे फेर समाउँछ अनि काँट देशमा सुशासन हुन्छ र जनता सुखि हुन्छन । जता हेर्याे त्यतै विकृतिका बादल मडारिएकाे मात्रै देखिने मुलुकमा । ज्नजी आन्दोलन र आम चुनाब पछि फेरिएकाे सरकारले केहि गर्छ कि त भन्नेआश धेरै जनतामा पलाएकाेछ । त्यै आशालाई निराशामा परिणत हुन नदिन पनि बालेन सरकार निर्धक्क भएर हिँडनु पर्छ ।सरकारलाई  सफल हुन नदिन ३ दलका नेता तथा कार्यकर्तादेखि हर्क र दुर्गा प्रसाईं ले समेत खुट्टा उचालि रहेकाछन  । त्यसैले सरकारले फुकिफुकि हिँडनु पर्ने अबस्थाछ तर डराउनु पर्ने अबस्थाचाईँ कतैछैन । नेपालमा सबैभन्दा ठूलाे भष्टाचारकाे जालाे भनेकाे न्यायालय र अख्तियार भित्रकाे हाे । यिनिहरुमाथि सरकार कडाईका साथ लाग्याे देशले केही न केही परिवर्तन भएकाे स्वाद जनतालाई चखाउनेनैछ । यसकारण नि याे सरकारकाे सफलताकाे अपेक्षामा जनता आशावादि भएर लागप रहेका छन हेराँ । जनताकाे चाहना कैले पूरा हुन्छ । जयहाेस ।
घुयँत्राे:“राष्ट्रपति पनि कन्फ्युज: हिजो ‘न’, आज ‘हुन्छ’ — अध्यादेशको फास्ट-ट्र्याक सेवा”

महँगा अस्पतालले नसकेपछि तातोपानीको भरोसा

Leave a comment

Your email address will not be published. Required fields are marked *