उचित व्यवस्थापन बिना बस्ती हटाउन नहुने भन्दै कोहलपुरमा सुकुम्बासीको प्रदर्शन

सरला सुवेदी 

बाँके,२२ बैशाख ।

बाँकेको कोहलपुर नगरपालिकाले क्रिकेट मैदान क्षेत्रमा बसोबास गर्दै आएका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीलाई १० दिनभित्र बस्ती खाली गर्न सूचना जारी गरेपछि प्रभावित बासिन्दाहरूले विरोध प्रदर्शन गरेका छन्।

नगरपालिकाको सूचनापछि आक्रोशित स्थानीयले उचित वैकल्पिक बासको व्यवस्था नगरी बस्तीमा डोजर चलाउन नहुने माग गर्दै कोहलपुरमा र्‍याली निकालेका हुन्। प्रदर्शनकारीहरूले विद्यार्थीहरूको पठनपाठनको सुनिश्चितता, सुरक्षित आवासको व्यवस्था र शिक्षा पाउने अधिकारको रक्षा गर्नुपर्ने माग राख्दै “डोजर आतंक बन्द गर” लगायतका नारा लगाएका थिए।

शान्तिनगर हुँदै कोहलपुर बजार परिक्रमा गरेको र्‍याली नगरपालिकाको मूल गेटमा पुगेर कोणसभामा परिणत भएको थियो। सभामा बोल्दै अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संयुक्त समन्वय समिति बाँकेका संयोजक जीवन थापाले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गर्नुभएको छ। उहाँले विदेशी अतिक्रमणबारे मौन बस्ने तर आफ्नै नागरिकमाथि डोजर चलाउने तयारी हुनु दुःखद भएको टिप्पणी गर्नुभयो।

कोहलपुर नगरपालिकाले आगामी वैशाख २६ गते अतिक्रमित जग्गा खाली गराउने उद्देश्यले डोजर प्रयोग गर्ने तयारीसहित सूचना जारी गरेको छ। उक्त क्रिकेट मैदान क्षेत्रमा हाल करिब ७५१ घरटहरा रहेका छन्।

प्रदर्शनकारीहरूले हाल विद्यार्थीहरूको परीक्षा चलिरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काल बस्ती हटाउने कार्य स्थगित गर्नुपर्ने बताएका छन्। उनीहरूले आफूहरू वास्तविक सुकुम्बासी भएको दाबी गर्दै उचित व्यवस्थापन बिना हटाउन खोजिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

यसैबीच, सरोकारवालाहरूले वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। पहिचान प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउने कार्य उचित नहुने भन्दै प्रभावित नागरिकका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्ने माग समेत उठाइएको छ। 

उचित व्यवस्थापन बिना बस्ती हटाउन नहुने भन्दै कोहलपुरमा सुकुम्बासीको प्रदर्शन

कर्मवादले देखाएको बाटो

उचित व्यवस्थापन बिना बस्ती हटाउन नहुने भन्दै कोहलपुरमा सुकुम्बासीको प्रदर्शन

महँगा अस्पतालले नसकेपछि तातोपानीको भरोसा

Leave a comment

Your email address will not be published. Required fields are marked *