घुयँत्राे :”बिरसिक्का”

गाेडातिनेक साता अगाडि बाले छिटाे व्या गर दुई तिन्टा छाेरा छाेरी पाउ! भनेर किन अर्ति बुध्दि दे भन्यात कुराेत बल्ल बुझियाे गाँठे । बा पनि बानै हुनके कमसेकम नेपालाँ बच्चाकाे जन्मदर नराम्ररी घट्याे १ सन्तान हैन ३ सन्तान बनाउन पर्छ नत्र अबकाे २०/३० वर्षाँ नेपालाँ युवा काेई नरहेर बृध्दमात्रै हुने भएभनेर राम्रोशीत भन्देनि बाका कुरा सुन्नेलेनि ए हाे कि त ! बाले ठिकै भने ! भनेर खुशी हुँदा हुननि । बानि उस्तै उखान टुक्का भन्याझैँ गरि मान्छेलाई उडाएर भन्दे ,अनि सुन्नेलेनि किन यस्ताे भनिस भनेर बाकाे पित्तपानी निक्लने गरि सामाजिक सञ्जालाँ गालि गरेर हैरान । हुनपनि अब त युवाहरुकाे अनिकालै पर्ने जस्ताे पाे देख्खियाे यता बाले भदाै २ गते मन्त्रीमण्डलकाे बैठक राखेर अब युवा भन्या १८ बर्ष माथि र ३५ बर्षसम्मकालाई मात्रै मान्ने र हरेक वर्ष युवादिवस मनाउने भनेर निर्णय बजाईदे! उता युवा दिवस यति मनाए एमालेका झाेलेहरले कि युवा भन्या हामीमात्रै हाैँ ! मानम याे देशाँ अरु जन्मेकै छैन । त्यै अहंकाराँ अरुलाई ठेलेरै पछाडि फालेर भएनि अगाडि गए ।युवा दिवस मनाउन सरकारले कति दियाे कुन्नि हाम्लाई त था भएन ! तर कर्नालियाँ भने एमालेकै सरकार भा हुनाले अलिअलि मुख मिठ्याए हाेलान । हैन प्रधानमन्त्रीले त्यत्राे निर्णय गर्ने बेलासम्म पनि जन्म र मृत्युकाे रेकड राख्ने निकायले प्रधानमन्त्री ज्युलाई हैन हजुर याे ३ बर्षकाे अबधियाँ नेपालाँ जन्मदर त बेस्सरी घट्या देख्खियाे त भनेर भन्न नि नसक्ने कस्ता हुन ती कर्मचारी नि ! तीन बर्षाँँ ४ लाख जन्मदरबाट घटेर १ लाख ९० हजार शिशुमात्रै जन्मेकाे देख्खियाे त्यसैले याे युवाकाे उमेर बरु १६ बाट ४० गरम तर १८ देखि ३५ नगरम भन्देनि त हुँदाे त । याे कुराँनि बालाई भ्रममानै राख्या देख्खियाे है । त्यसैले बा ऐले भाका युवालाई जागिर सागिर केई दिन नसकिने भैयाे त्यसैले विदेश नजाउनि कसरी भन्नेहाे र ! आँफुलेनि खान नदिने अनि अर्का देशाँ गएर कमाएर नि नखाउ भन्नत काँ पाईयाे र ! बरु यसाे गरम न एक पटक एमाल्या सरकारले ” आफ्नो गाउँ आँफै बनाउँ ” भन्ने नारा ल्यायाे र वामदेबले देशैभरका गाउँ र जिल्लाकाे चुनाबाँ एमालेकै कब्जा गराए ।अनि त्यसपछि फेरि “बृध्दभत्ता ” भनेर पैशा बाँडदै हिँड्याे त्यसपछि ऐलेसम्म बुढाबुढिका मनमनाँ भत्ता कल्ले दियाे भनेर बुढाबुढिलाई साेध्याेभने मुखाट फ्याट्टै एमालेले भन्न अँझै विर्स्या छैनन ।त्यसैले अब देशाँ जन्मदर बढाउन र युवाहरकाे संख्या घटन नदिननि बाकै सम्झना रहने गरि “बाकाे जन्मदिन ” पारेर अब उप्रान्त तिन्टा सन्तान जन्माउने र जन्मेका सन्तानकाे शिक्षा दीक्षा फ्रि ( तिनिहरुविदेश जान नपाउनेगरि ) भन्दिमन के भाे र ?! अनि बल्ल सन्तान जन्माउँथेकि ! ऐले त उई छाेराेछाेरी पढाउन सकिन्न भन्याछन याैटा सन्तान जन्माछन त्यै पनि +2 गर्याेकि विदेशकै सपना देख्छ अनि विदेशतिरै टाप । ह्याँ बसेर पढेर के गर्नु जागिर पाईन्न भन्छन छेउछाउतिर हेर्याे एउटाे राेजगार छैन अनि विदेश नगएर काँ काँ जाउन ? त्यसैले बा ८४ काे चुनाबाँ साँच्चिकै बहुमत ल्याउने हाे भने
” युग ( बा) काे आवह्वान ३ सन्तान,
सरकारकाे जिम्मेवारी निशुल्क शिक्षा दान” भन्ने नारासहित आगामी वजेट भाषण ठस्काम र झाेलेहरलाई गाउँगाउँ हिँड र यसकाे प्रचार गर र अब सबका छाेराछाेरी एमालेले पढाइ दिन्छ भनेर प्राेगण्डा मच्चाइदिम्न ! के भाे र पैशा एमालेका जाने हैनन सरकारकै जाने हुन ! जसरि बृध्दभत्ता एमालेले द्या भन्छन त्यसैगरि पढाइ खर्च नि एमालेले देकाे भन्ने भ्रममा जनता राख्न सक्कियाे भने जनताले बालाई भगवान मान्ने मात्रै हैनकि चुनाबाँ नि एकलाैटि छाप हानेर प्रधानमन्त्री बनाउँछन ।जब ८४ काे चुनाबका हिराे बा बने भने अरु २० बर्षसम्म कसैले नच्याए हुन्छ । त्यसपछि त बाका मुखाट उखान टुक्का कति सुन्छाै । अनि बाले जनतालागि केई नगरेनि उखानै खाने,उखानै लाउने,उखानै सुत्ने ,उखानै ओढने, उखानमै बस्ने अनि उखानमै आैषधिमुलाे गर्ने यावतकुरा उखानलेनै गर्दिने भएछि हाम्लाई के चाईयाे !? हाम्रो काम त बाकाे जयजयकार गर्ने बस्ने मात्रै हुने भाे ! कि कसाे ! मैले ठिक भनेँनि हैन बा !

घुयँत्राे :”बिरसिक्का”

जुम्लामा तीन दिने अग्नि नियन्त्रण तथा उद्धार

घुयँत्राे :”बिरसिक्का”

घुयँत्राे :”बिरसिक्का”

Leave a comment

Your email address will not be published. Required fields are marked *