घुयँत्राे :”बिरसिक्का”

कर्नालिका किसान महासंघका मान्छेहरकाे भाँडभैलाे पनि हेरियाे । सामाजिक सन्जाल भएछि र बाँचिरहेछि अनेक देख्न पाइने । अन्यत्रका किसान धानमा हाल्ने मल पाईएन भनेर लडिरहँदा कर्नालिका किसान, त्याे ताइन तुइँकाे काँग्रेसकाे किसान महासंघकाे पदका लागि मुख छाेडाछाेड र हातहालाल गरेर लड्या देख्दा सामाजिक सञ्जालाँ त्याे दृस्य देख्ने धेरैले अचम्म मानेर हेरेँ, हेरे हाेलान । एकत काँग्रेसका संगठन ता न तुइँका त्यसकाे नेता हुनुमा कुनै गर्व गर्ने ठाउँछैन । त्यस्ता संगठनकाे नेता हुनै किसिमकाे ज्ञान र दक्षता चाहिन्न । बाह्रखरी पढेपनि नपढेपनि विद्वत परिषदकाे सदस्य हुन राेकथाेक छैन नत काँग्रेसकाे किसान संघकाे अध्यक्ष हुन खेति किसानिनै गरेकाे वा जानेकाे हुनुपर्छ ।जीवनभर कैल्यै कुटाे नछाेएकाे वा खेति गर्ने जमिनमा नटेकेकाे मान्छे लाई पनि नेताकाे मन परेछि अध्यक्ष वा सदस्य हुनु केई कुराले छेक्दैन । काँग्रेस फेरि याैटा यस्ताे अचम्मकाे पाटि हाेकि विधानले ताेकेका संगठनमा कसैलाई नियुक्त गर्न मन लाए अध्यक्षले चुनाउ जित्या ३ बर्ष पछियाट आफ्ना लम्पटहरलाई नियुक्त गरें भनेर फेस बुकाँ हाल्दे भाे ! २/४ वटा बधाई आउँछन सक्कियाे । काेई अल्लि त्यस्तै रैछन र समाजाँ रवाफ देखाउन पर्ने खालकाे रैछ भने” नाैलाे गाईलाई नाै पुला घाँस” भन्याझैँ काेठा भाडाँ लियाे २/४ जना स्याउरे म्याउराे बाेलायाे एक डेढ मैना रङ्ग रलियाँ गर्याे देख्ने मान्छेले नि गजबैरैछ भन्छन अनि नाक यत्राे बनायाे त्यसपछि घरबेटि भाडालिन आउँछन २/४ दिन अलमल्याउने गरि गफ लाईदियाे त्यसकाे केही दिनपछि फेरि हाेटेलकाे साहु आउँछ उसलाईनि राम्रै गफलाई दियाे ।त्यसपछि कैले अफिस खाेल्याे कैले बन्दगर्याे । घरबेटिनि भाडा नपाएर र त्याे काँग्रेसकाे नेता नभेट्टिएर दिक्दार हुन्छ अन्त्याँ बरु मलाई भाडा पछि दिन पर्ला हजुर काेठा खालि गर्दिनुपर्याे भन्छ खालि गर्द्याे ।

अब त्याे साइनबोर्ड र लहैलहैमा लागेर किन्या थाेडाबहुत फर्निचर नि घाँडाे हुन्छ काँ लएर राख्ने भन्ने कुरा टुङ्गो हुन्न घरका मान्छे नि कराउन थाल्छन अनि अलिअलि विश्वास कमा साथीनि गुम्न थाल्छन अनि राजनीतियाँ घरछेउका सबैले पत्याउन छाेडछन केन्द्रकाे ले त झन त्यसैपनि छिछि र दुरदुर गर्छ किन त भन्दा त्यति ठुलाेनेता बनाईदेरनि दक्षिणादेन भन्ने गुनासाे सँधै रहन्छ अनि अर्को पटकबाट उसकाेनि बाईलाे हाेईन्छ अनि पाटियाँ कसैले पताउन्नन । अनि याैटा कुरा सत्य के हाे भने जब काँग्रेसले पाटिकाे कुनै संगठनकाे विभागीय नियुक्ति गर्छ भने उसले राजनीतिमा कैल्यै टिकट पाउन्न । किनभने उसलाई गुन पैलै लगाई सकेकाे मात्रै हैन कि संगठनकाे कुनै विभागमा नियुक्ति दिएर पठाएछि त्यसपछिका हरेक दिनमा उसकाे राजनीतिक शक्ति क्षीण भै सकेकाे हुन्छ । बिचाराेका रहरहरु भट्टिमा राेटि सेक्किएझैँ सेक्किन्छन र पश्चातापकाे आगाेमा जल्न थाल्छन । ऐले विचरा कर्नालिका किसान महासंघका अध्यक्षकाे हालत त्यस्तै भएर अर्को पटक अध्यक्ष हुने रहर पनि गरेनन जस्ताे लाग्छ । यतिसम्मकि विचराले आँफुले ककस्लाई के पद दिन्छु भनेर अस्याथे उनलाई त्यै पदमा बनाउन खाेज्दा पूरा दृशैभरि हंगामा भाे अन्त्याँ चुनाबै चाहिन्छ भन्नेहरुले लगे चुनाब जिते तिनलेनि के के गर्छु भन्ने सपना देख्या हाेलान तर अन्त्याँ तिनरुनि सडकमै आउँछन ।गाेडा ४/५ कति बर्षकाे अबधि हाे अबधि भरियाँ आफ्ना भका अलिअलि बाख्रा पाठा बेचेर राजधानीयाँ आउँदा जाँदै ठिकहुन्छ । अन्त्याँ जीवन भर कुटाेकाेदालाे नछ्वा मान्छे किसानकाे अध्यक्ष , काम के गर्न पर्छ था छैन अर्काले उचाल्याभराँ अर्कैका लागि भैद्या नेता त भैगाे हास्सनहुस्स ।२ दिनकाे जात्रा र रमाईलाेका लागि गरिने यस्ता खेलले मान्छेलाई कसरी डुबाउँछ भन्ने कुरा याे पटक नरसिंह मल्ललाई साेध्दा जानकारी सबै मिल्ला हैनत ! किसान महासंघकाे अध्यक्षकाे टीका लाएर भरखरै मुक्तभका उनका अनुभबले हाम्रा लागि केई मसला दिन सक्छन ।

धन्य हाे काँग्रेस ,धन्य हाे किसान संघ! तिमिहरकाे जयहाेस !

घुयँत्राे :”बिरसिक्का”

घुयँत्राे :”बिरसिक्का”

घुयँत्राे :”बिरसिक्का”

झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *