घुयँत्राे:”सत्तामा हुँदा राष्ट्रवाद घाँस चराउन पठाउने, सत्ताबाहिर नारा: ‘लिपुलेक फिर्ता गरम’”

हैन याे देशाँ जे जे बितण्डा हुन्छन ती सब्बै बाका पालाँ किन हुन्छन के ! याे भन्दा अघिल्लाे पटकनि चुचे नक्सा पछि लाग्नु भाे र भारतले टेर पुच्छरै लाएन फेरि याे पटकनि प्रधानमन्त्री भाकाे भाेलिपल्टै भारततिर जान पाईन भनेर रुवाबासी गर्नु भाे तर पनि माेदिले टेर पुच्छर लाएन । बल्लबल्ल १ बर्षपछि ल ! भारत आउन मन लाछ भने आनत ! भनेर यै मैना अन्तिम दिनाँ भारत आउने निम्ताे त दे तर के गर्ने ! त्याे भन्दा पैलै चुच्चे नक्सा भागजति आधा आँफुलाई र आधा चिनलाई देर त्यै ठाउँबाट भारत चीन आउजाउ गर्ने बाटाे बनाएर व्यापार व्यवसाय गर्ने रे भनेर भारत र चीन बाटाे खन्न कस्सिएका सम्चार आईराछन । कमिनिष्ट पाटि भनेछि चीनलाई आफ्नो साख्खै बा हाेकि भने जस्ताे गर्ने ओलिबाका ती चाईनिज बालेनि आखिर कमिनिष्टका हाँगा भनेर थाेरै मात्राँनि दया त गर्दारैनछन हैनत ! नत्र माेदिले नेपालकाे जग्गा हडपेर बाटाे बनाम्भन्दा कमसेकम एकपटक नेपाललाई नि साेधनु पर्छ भन्नु पर्ने बेलाँ उल्टै भारतसित मिलेर नेपालकाे भूमि ओगटेर बनाए भनेछि बाँ कि के रयाेत ! नेपालका सत्तासिनहरु जाे भएनि भारतलाई सान्दाई र चीनलाई ठुल्दाई मानेर आएनि दाईहरुकाे नियत ठिक रैन्छ त हैन र ! ? त्यसाे त एमालेकाे नियतै बुझ्न गाराेछ । ऐले बा सत्ताँ रहुन्जेल लिपुलेक र लिम्पियाधुरा एमालेकाे राष्ट्रवाद कताहाे कता घाँस चर्न गा हुन्छ तर जब बा सत्ताट ओर्लिन्छन तब एमालेहरु सडकाँ छाेड्या साँढझैँ उफ्रिन थाल्छन ।
त्याे बेलाँ यिनरकाे उफ्राई विदेशिले ओगट्या जग्गा छाेडन बाध्य बनाउने आन्दोलन हैनकि देशलाई कसरी हुन्छ आर्थिक र भाैतिक क्षति गराएर शत्रु हँसाउने र देशलाई थामी नसक्ने आर्थिक भार पार्ने ! देख्नु भएन याे भन्दा अघि ऋतिक राेशन काण्ड भित्र्याएर देशलाई कसरी जलाए, देशले थामि नसक्ने भाैतिक क्षति ब्यहाेर्याे । लिम्पियाधुरा र लिपुलेक बारे याे पटक एमालेहरले आन्दोलन नगरेकै राम्रो । किन भने त्यसै त राजधानीकाे महानगर एमालेकाे कसिङ्गर भाछ के निहु पाम र बालेनकाे शहर ध्वस्तपारम् भन्ने दाउमा एमालेहरुछन । बालेनले राजधानीयाँ गरेकाे विकासलाई देखि नसहने केपि बा र तिनका झाेलेहरु के निहु पाम र एट्याक गरिहालम भन्नेमा छन । त्यसैले अबकाे केही दिनपछि बा भारतकाे निम्ताे खान जान्यै छन । त्यै बेलाँ बरु अल्लि बुझेका परराष्ट मामिला सम्बन्धि जानकारलाई लगी बिगतका सन्धि सम्झाैता बाेकेर उनरलाई राम्रोसित देखाएर लिपुलेक र लिम्पियाधुरा नेपालकै हाे भनेर दुबै मुलुकलाई कन्भिन्स गरे हुने हाे । अन्यथा एक्लै बरबराएर केई हुनेवाला छैन । यदि ती स्थान नेपालकै हुन र तिनलाई नेपाललाई दिन चीन र भारत तयार भएनन भने त्यो सम्बन्धि उजुरी संयुक्त राष्ट्र संघमा लगेर हाल्न सक्ने दम र हुति पनि त हुन पर्याे । जब तिनरले छिमेकिप्रति गर्नु पर्ने व्यवहार गर्या छैनन र शक्तिकाे ध्वाँस देखाछन भने न्याय खाेज्ने बाटाे पनि त हिँडन पर्याे त्यसैले ए ss! सरकार बाेल्न सकिन्छ सामनेमै परेर बाेलाैँ पिठ्यु पछाडि फर्किएर गर्या कुराले न चुच्चे नक्सा अस्थित्व रहन्छन न चीन र भारतले बलजफ्ती लग्या जमिन फिर्ता हुन्छ ।
साँच्चिकै राष्ट्रियता भन्या एमालेसित मात्रैछ भनेर च्या चाैताराँ र भट्टि पसलाँ अघिपछि हान्ने गर्या गुड्डिलाई याे पटक चीन र भारत यात्राँ प्रमाणित गरेर देखाइदिम्न हाे ! तब बल्ल जनतालेनि भन्लान राष्ट्रियता भा पाटि भन्या एमालेनै हाे । एमाले जिन्दावाद ! बालाई फेरि ल्याउने हाे, ८४ काे चुनाब उठाउने हाे, बालाई प्रधानमन्त्री बनाउने हाे यस्ता नारा सुन्ने ईच्छा छैन र बा तपाईंलाई ! छ भने फिर्ता ल्यामहै लिपुलेक र लिम्पियाधुरा ,गरम्है जनताकाे चाहना पूरा ।






