भेरी अस्पतालमा सर्पदंश उपचारमा ठूलो सफलता, मृत्यु दर शून्यमा झर्यो

बाँके ,११ भदौ।

नेपालगञ्जस्थित भेरी अस्पतालले यस वर्ष सर्पदंशको उपचार प्रभावकारी बनाउन सफल भएको छ। अस्पतालले पछिल्ला वर्षमा सर्पदंशका कारण धेरै बिरामीले ज्यान गुमाउँदै आएकोमा यस वर्ष भने अस्पतालमा उपचाररत एक जनाको पनि मृत्यु हुन नपाएको जनाएको छ।

भेरी अस्पतालका सूचना अधिकारी तथा इमरजेन्सी विभागका इन्चार्ज डा. सङ्केत रिसालका अनुसार पछिल्ला तीन महिनामा मात्र ४५० जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए। तीमध्ये करिब ८० प्रतिशतलाई विषरहित सर्पले टोकेको पाइएको थियो भने बाँकी २० प्रतिशतमा मात्र एन्टिस्नेक भेनम प्रयोग गरिएको थियो।

‘अस्पतालमा उपचारका क्रममा एक जनाको पनि मृत्यु भएको छैन,’ डा. रिसालले बताए। तर, अस्पतालमा पुग्नुअघि बाँकेको खजुराका ३५ वर्षीय पुरुष र कैलालीकी २२ वर्षीया महिलाको ज्यान गइसकेको उनले उल्लेख गरे।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बिरामी समयमै अस्पताल आउनु, चिकित्सकहरूको तयारी र व्यवस्थापन नै सफलताको मुख्य कारण भएको बताए।

नेपालमा करिब ९० प्रजातिका सर्पमध्ये १८ प्रजाति विषालु छन्। विषालु सर्पमध्ये गोमन, करेत र भाइपर बढी देखिने गरेका छन्। तराई क्षेत्रमा कमन करेत, स्पेक्टिकल कोब्रा, किङ कोब्रा र रसल भाइपर बढी पाइन्छन् भने पहाडी क्षेत्रमा ग्रीन पिट भाइपर प्रजाति पाइन्छ।

भेरी अस्पतालको यो उपलब्धिलाई स्वास्थ्य क्षेत्रमा ठूलो सफलता मानिएको छ, जसले समुदायमा आशा र विश्वास जगाएको छ।

 

भेरी अस्पतालमा सर्पदंश उपचारमा ठूलो सफलता, मृत्यु दर शून्यमा झर्यो

बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *