घुयँत्राे:”भ्रष्टाचारको एक्सलेरेटर: नम्बर प्लेटमै घोटाला”

अब त नेपालाँ भष्टाचार गर्ने ठाउँ कतै बाँकी नरहने भाे त हँ । हुँदाहुँदा गाडिमा राख्ने ईम्बाेस्ड नम्बरमा समेत भष्टाचार गरेछन यार ! यी भष्टाचारी पनि अरुहुन र पुरानाे यातायात मन्त्री विजय गच्छदार , दुरसंचारकाे भष्टाचारी विकल पाैडेल, सुनिल पाैडेल,लाेकमानसिंह कार्की अख्तियारकाे पुरानाे प्रमुख,यातायात व्यवस्था विभाग महानिर्देशक चन्द्रमान श्रेष्ठ, अन्तराष्ट्रिय ठेक्का पट्टा दलाल सिध्दार्थ पाण्डे लगाएत एक पटक देश हाँक्न बसेका र भष्टाचारमा मुद्दा खेप्न काेहि बाँकि नरहेका जतिकाे मिलेमताेमा इम्बाेस्ड नम्बरकाे खेलाेखेपाेकाे हर्कत भा रैछ भन्ने खुलेछि नि सरकार के अँझै त्यै ईम्बाेस्ड नम्बर टाँस्ने दाउमा छ र? अाखिर हिजाे ईम्बाेस्ड नम्बरकाे खेल हुँदानि प्रधानमन्त्री त बानै रैछन त हँ । ऐले फेरि याे नम्बर अनिबार्य गर्ने र गाडि साहूहरकाे ढाड सेक्ने भन्ने बेलाँनि उनै बाउकाे सरकार भएछि कागत्यालि त परेकै रैछ भन्ने त हाेलानि । जस्ता थुप्रै मिलेरपाे कराेडाैँकाे भष्टाचार गरेर गाडिवालालाई चुस्ने कार्यक्रम पाे बनारैछन त ।
विगतमा आआफ्ना मन्त्रालय ,कार्यालय र आयाेगमा बसेर भष्टाचारीमा नामि ख्याति र दाम कमाका यी भँडुवाहरले गर्दा गाडिकाे व्यवसाय गर्ने मात्रै नभएर बाध्यताले २/४ पाङ्ग्रे गाडि किन्नेहरुलाई समेत माथि उठनै नसक्ने गरि पैसा उठाउने खेलाेले ऐले देशकाे सबै क्षेत्र तनाबमाछ । हैन याे सबभन्दा खतरा कुराे त के देख्खियाे भने याे देशलाई नेता र कर्मचारी नै मिलेर भष्टाचाराँ डुवाउने मेसाे देख्खियछि अब यस्लाई राेक्छ चाइँ कल्ले के ! के के नै भष्टाचार राेक्छम देश बनाउँछम् भनेर सत्रसत्र हजारलाई मारेर आकाहरुसत्ताँ आएदेखि त झन याे भष्टाचार भन्ने जिनिसले यति हाँङा हालेन जस्काे बयान गरि साध्यछैन । देश भाेकमरि र भष्टाचारले गलस्त भा बेलाँ फेरि यी भष्टाचारका नाईकेहरले ईम्बाेस्ड नम्बर अनि त्यसका लागि लाग्ने रकम अनि अनिबार्य दर्ता भा ठाँ पुग्नु पर्ने बाध्यता त्याे भन्दानि ठूलाे षडयन्त्र त झन नेपाली लिपिमा नम्बर नलेखेर अङ्ग्रेजीयाँ लेख्नु पर्ने रे ! नेपाली भाषा यानेकि नेपालकाे राष्ट्र भाषाकाे अस्थित्व नै समाप्त पार्ने गरि गरिएकाे डिजाएनले याैटा क्षेत्र मात्र नभै धेरै क्षेत्र तहस पार्ने पाे देख्खियाे त ! ओलि बा तपाईं मान्छे महानै हाे के ! भष्टाचारीलाई कार्वाहि गर्छु भन्ने अनि भष्टाचारलाई चारैतिर गेट खुला राख्ने अनि खबरदार भष्टाचार गर्न पाईन्न भनेर भष्टाचार भन्ने कुरै नजान्या मान्छेलाई नि भष्टाचार भन्ने कुराले मान्छ्या दिमागाँ प्याट्टप्याट्ट हान्न थालेछि अनि काँट बाँकी र चाेखाे रहने भाेतनि ! यस्ता भष्टाचारीहरलाई लिस्नाे हाल्ने रैछन र त बाले तिनका झाेले चम्चेहरुनि सँधै बानै सत्ताँ रहुन अनि बालेनै पाटि चलाउन भन्दा रैछन । तर बा याे पटककाे तपाइँकाे प्रधानमन्त्री बनाईले तपाईं तपाइँका परिवार,तपाईं र आफन्तलाई त राम्रै भए हाेला तर समग्रमा देश र जनता हिताँभने कुनै माखाे मरेन है । आलेा पालाेकाे सरकारले त चेकएण्ड व्यालेन्स मिलाएर काम गर्लानि भनेर भन्या त झन काण्डैकाण्डकाे भारीले देश त झन लखतरानसित थाक्ने भाे त हँ ।
दुईचारदिन बिरायर एकुन्टा काण्ड मच्याएर देश लुटने याे तपाइँकाे तर्किबनि कतिन्जेल माैलाउला र के साँच्चै याे देश सँधैभरि यिनरकै पाेल्टाँ जालात! कि यिनरुबाट देशले मुक्ति पाउला । प्रधानमन्त्री ज्यु अरु जेसुकै गर्नाेस याे नेपाली भाषालाई नेपालबाटै सिध्याएर अङ्ग्रेजी भाषाकाे ईम्बाेस्ड नम्बर हालि देशकाे गाेपनियता समेत विदेशिलाई बुझाउने जुन दुस्साहस तपाईं र तपाइँका आसेपासे भतुवाहरले गर्याछन यल्ले अन्तत तपाइकाे भविष्यकाे सन्ततिलाई समेत सिध्याउँछ । बेलैमा हाेस गर्नाेस र इम्बाेस्ड नम्बर हाल्ने खेल बन्द गर्न लाउनुस नत्र देश आन्दोलनकाे भूमरिमा जाकिन्छ । त्यतिबेला पछुताएर क्यार्ने हाे र ?





