जानकी गाउँपालिकाको ५२ करोड बढीको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा प्राथमिकता

बाँके ,११ असार।

बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड ३६ लाख ९६ हजार ६ सय २१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष रामप्यारी यादवले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

उनले प्रस्तुत गरेको बजेटमा संघीय सशर्त अनुदानबाट २२ करोड ६९ लाख, संघीय समानीकरण अनुदानबाट ११ करोड ४९ लाख, प्रदेश समानीकरण अनुदानबाट ७९ लाख ३६ हजार, संघीय राजस्व बाँडफाँटबाट १० करोड ६३ लाख ९८ हजार ६ सय २१, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ३ लाख ६२ हजार, संघीय सम्पूरक अनुदान ५० लाख, प्रदेश सम्पूरक अनुदान ७५ लाख, प्रदेश विशेष अनुदान १७ लाख, समानुपातिक आन्तरिक स्रोतबाट १ करोड ५० लाख र अन्य शीर्षकमा १ करोड रुपैयाँ समावेश गरिएको छ।

सभाध्यक्ष गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, महिला, बालबालिका तथा जेष्ठ नागरिक, सहकारी, उद्योग, व्यवसाय र पर्यटन लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिइन्।

प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकको सञ्चालनमा भएको सो सभामा वडाध्यक्ष मो. रजा राई, चन्द्रिकाप्रसाद गुप्ता, राजकुमार कुर्मी, रमेशकुमार बर्मा, टिकानाथ यादव, जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्यहरू, विभिन्न वडाका वडा सदस्यलगायतको उपस्थिति थियो।

 

जानकी गाउँपालिकाको ५२ करोड बढीको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा प्राथमिकता

बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ७९ करोड वजेट

जानकी गाउँपालिकाको ५२ करोड बढीको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा प्राथमिकता

सम्पादकीय : पदीय दुरुपयोग गर्नेले छुट नपाउन्

Leave a comment

Your email address will not be published. Required fields are marked *