बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ७९ करोड वजेट

दुर्गा विसी

सल्यान ,१० असार।

सल्यानकाे वनगाड कुपिण्डे नगरपालिकाको १७ औं नगरसभाले ७९ करोडकाे वजेट ल्याएको छ । अधिवेशनमा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीकाे अध्यक्षता तथा कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री भिम प्रकाश शर्माको प्रमुख अतिथ्यतामा, नगर उप प्रमुख पुरुषोत्तम आचार्य,प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी,नगरसभा सदस्यहरु, शाखा प्रमुख, कर्मचारी लगाएतको उपस्थितिमा सभा सञ्चालन भएको थियोे ।

नगर प्रमुख बुढाथोकीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम तथा नगर उप-प्रमुख आचार्यले वार्षिक वजेट तथा कार्यक्रम प्रस्तुत गरी नगर सभा सदस्यहरुबाट सर्बसम्मत रुपमा वजेट पारित भएको छ ।नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ७९ करोड रकम विनियोजन गरेकोछ । चालू तर्फ ५२ करोड १३ लाख अर्थात ६६ प्रतिशत र पुजिगत तर्फ २६ करोड ८७ लाख अर्थात ३४ प्रतिशत रकम विनियोजन भएको जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ७९ करोड वजेट

जुम्लाका ८ वटै स्थानीय तहले ल्याए बजेट

बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ७९ करोड वजेट

जानकी गाउँपालिकाको ५२ करोड बढीको बजेट सार्वजनिक,

Leave a comment

Your email address will not be published. Required fields are marked *