सबैका लागि प्रेरणा बनोस्


गैह्रे बद्रीनाथ
कसैको खुट्टा तान्नु छैन आफैं उभिनु छ
लिनुको सट्टा बरु जति सकिन्छ दिनु छ ।

भुईँबाटै आएको हो भुईँमै पुगिने हो
भूमिका निभाई उही ठाउँमा फर्किनु छ।

दोषी नजरले गलत नै देख्छ हजुर
हेर्नु अघि पैला आफ्नै नजर सच्चिनु छ।

ढिलो गए बरु पुगिन्छ हतारमा हैन
एक एक गरी हरेक सिंढि उक्लिनु छ।

नैतिकता नहुनेहरु भ्रममै खुशी छन्
सिंगो दुनिया छ आखै अगाडी सम्झिनु छ।

सबैका लागि प्रेरणा बनोस्

जुम्लामा हिमाली संवाद सुरुः कर्णालीका बालबालिका र

सबैका लागि प्रेरणा बनोस्

लेख : प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस

Leave a comment

Your email address will not be published. Required fields are marked *