युगआव्हान रजत जयन्ती काव्य सुधा


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत र कोहलपुरबाट प्रकाशित हुँदै आएको युगआव्हान राष्ट्रिय दैनिकको २५ औं बार्षिकोत्सव रजत जयन्तीका अवसरमा काव्य सुधा आयोजना गरिएको छ । रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुसार पहिलो कार्यक्रम साहित्य सुधा आयोजना गरिएको थियो ।

‘युगको आवाज, युगका श्रष्टा’ युगआव्हान रजत जयन्ती मुल नारासहित मध्यपश्चिम गजल मञ्च सुर्खेतको आयोजनामा शनिबार वीरेन्द्रनगरमा काव्य सुधा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख साहित्यकार चर्चित कवि मोमिला जोशीले महिला अधिकारका बारेमा विभिन्न कविता बाचन गरेकि थिइन । कार्यक्रमका बाचक श्रष्ठा गजलकार जगत जि.म. र नवराज कुन्दनले विभिन्न गजलहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै पत्रिकाका प्रकाशक÷सम्पादक दीपक कुमार बुढाक्षेत्रीले पत्रिकाको २५ औं बार्षिकोत्सव रजत जयन्ती विभिन्न कार्यक्रम गरी २०८२ बैशाख महिनाभरी मनाइने प्रतिवद्धता व्यक्त गरेका थिए । २०७५ सालमा स्थापना भएको पत्रिकाका संस्थापकहरुलाई सम्मानित गर्ने कार्यक्रम, युग बर्ष व्यक्ति सम्मान, छापामाध्यम मिडियाको वर्तमान अवस्था र आगामी योजनाका बारेमा कार्यपत्र, मिडिया नीतिमा छलफल लगायतका विभिन्न कार्यक्रम गरी मनाइने जनाइएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभखर कँडेलले साहित्य जमघटले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साहित्यकार डा. महेन्द्रकुमार मल्ल, बरिष्ठ अधिवक्ता धु्रव कुमार श्रेष्ठ, बरिष्ठ कलाकार प्रेमदेव गिरी, कलाकार ज्ञान हादुर नेपाली, उपप्रध्यापक तथा साहित्यकार बासुदेव पाण्डे, डा. दिपक गौतम, कृतिराज जोशी, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी, साहित्यकार जागेश्वर नेपाल, साहित्यकार उमालाल आचार्य, सरस्वती पन्त, मिनराज पन्त, कपिल अन्जान, डा. देवेन्द्र आचार्यको उपस्थिति रहेको थियो ।

त्यसैगरी मोरङबाट साहित्यकार हेमसागर, बझाङबाट साहित्यकार हरिश जोशी, जाजरकोटबाट पूर्ण समिर महतरा, प्रतिभा महतरा, ऋषि सुदामा, महेन्द्र महासागर, कालिकोटबाट महेन्द्र चौलागाई, कृष्ण धमाला अछामका गजलकार खेम बगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पहल असिमले गरेका थिए भने मञ्चका अध्यक्ष धिरेन अनुपमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *