घुँयत्रो : “अनुदानको बहानामा ‘गुड फ्राइडे’ एमाले–कांग्रेस होटलमै छताछुल्ल”

हैन ! गुड फ्राइड्या दिन त एमाले र काँग्रेसीहरु हाेटेल सिध्दार्थाँ छताछुल्ल शीत पाेख्खिएछन त हँ ! त्यसै त एमालेहरकाे संसदियदलकाे बैठकै बसेर काँग्रेसका सांसदहरुले सरकारी चरित्र नदेखाएर विपक्षि चरित्र देखाकाे भनेर गठबन्धनै फेर्ने जस्ताे कुरा गरेछि काँग्रेसीहरलाई टेन्सन गराईरा बेलाँ अँझ भएन भनेर त्यसकाे भाेलिपल्टै ( शुक्रबार ) सिध्दार्थाँ आयाेजना हुनला समपूरक र विशेष शर्त अनुदान दिने बिषयमा छलफल हुने कार्यक्रमाँ अर्थमन्त्रालयका कर्मचारीले काँग्रेसका नेताहरुकाे अपमान हुने गरि कार्यक्रमकाे प्रस्तुति राखेछि कार्यक्रम नै भाँडियाे भनेर अनेकथरि सम्चार आछन त बाईर ! कुराे के रैछ कुन्नि एकुन्ताक काँग्रेसका अर्थमन्त्री भष्टाचारी भनेर आथ्याे त्यसाँनि अर्थकै कर्मचारीकाे हातछ भन्थे ऐलेनि कर्मचारी माथिनै दाेष छ त हँ । विगत २ वर्षदेखि अर्थमै बस्दै आका सचिव र उनी एमाले समर्थक भा नाताले रिङाई घुमाई एमालेकै पृष्ठपाेषण गर्ने बजेट ल्याका र अर्थका ती चतुर कर्मचारीले अर्थ मन्त्रीलाई फनफनि घुमाकाले विचारा अर्थमन्त्री नि विवादाँ आए ।

एमाले नेताले भन्दा कर्मचारी संगठनका सरकारी कर्मचारीले प्रदेश चलाउने कर्नालियाँ एमालेकै मुख्यमन्त्री र अझ त्यसाँनि काँग्रेसीलाइ निचाेरेरै सिध्याउनु पर्छ भन्ने बिचारमा उभिएका नेताकाे साथ पाएछि त्याँका कर्मचारीलाई काँग्रेस विरुद्ध लडन के भाे र !? त्यै भएरनि अर्थ मन्त्री र मन्त्रालय बेलाबेलाँ समाचारकाे पाेकाे बन्ने गर्याछ । खासगरि बजेट बनाउँदै अर्थ सचिवले याेजना बैंकबाट याेजना नलिई एमाले नेताहरकाे पकेटबाट लिनाले याे विवादकाे श्रृङखला बढ्याे भनिन्छ । एमालेकाेआफ्नै सरकार ,आफ्नै मुख्यमन्त्री , आफ्नै कार्यकर्ता कर्मचारी भएछि याेजनाँ चलखेल हुनु अनाैठाे पनि भएन । त्यसै त एमालेहरु सबैठाँ आफ्नै रजगज चलाउन खाेज्छन त्यसाँनि ऐले त झन गाउँदेखि प्रदेश र केन्द्र सबै सरकार उनरकैछ यस्ताे बेलाँ नगर्या उखरमाउलाे कैले गर्ने तनि । एकचाेटि धाेका दिई सकेछि ती कर्मचारीलाई अदलबदल नगरि ,कर्मचारीलाई यसरी छाडा छाेडने अर्थ मन्त्री पनि उस्तै हुनकि उनका सल्लाहकार उस्तै हुन कुन्नि ? कमसेकम बेलाबेलाँ कर्मचारीकाे हेरफेर त गर्नु पर्छ नि ! ऐलेका कर्मचारी आँ गर्दा अलङ्कार बुझ्छन भन्छन अनि यस्ता कर्मचारी राजिवबिक्रमजस्ताे छक्का पन्जा, ढाँटछल,भष्टाचार भन्नेकुरा जान्दै नजान्या मान्छेलाई काँ हुन्झ के ! एक ठाउँ न एक ठाउँमा लगेर कर्मचारीले विवादाँ हालि हाल्छन सम्भव त याे घटना पनि त्यै हाे । ससर्त अनुदान र विशेष अनुदान दिनका लागि कर्मचारीले बजेटका बेलानै एमालेहरुका मागमा ती याेजनाहरु समाबेस गरेका अनि ऐले यिनी याेजनाँ पैशा हाल्नु पर्छ भनेर एमालेका कर्मचारीले तिनै याेजना तेर्साएछि बजेट प्रस्तुत हुँदैकाे विवाद अनि ऐले आएर नि एमालेहरकै मागमा राखिएका याेजनालाई बजेट दिने खेलाे भएकाे था पाएछि ती याेजनाँ पैशा हाल्नुकाे कारण र पुष्ट्याइँ खाेज्दा एमाले काँग्रेसहरु छरपस्ट भएर पाेख्खिएका हुन भन्ने सुन्नमा आयाे तर के हाे ऐल्यै चाइँ याे विषयाँ प्रष्ट नभएनि एमालेका मुख्यमन्त्री अब काँग्रेसीहरुलाई सत्ताका सहयात्री बनाएर हिँडने पक्षमा छैनन ।

अनि काँग्रेसीहरुनि केही समयपछि आँफुहरुनि मन्त्री बनाैँला बनाैँला भन्ने बेलाँ मुख्यमन्त्रीले संसदिय दलकाे बैठक राखेर बैठकबाटै गठबन्धन ताेडनेजस्ताे निर्णय पास गराएर गठबन्धनाँ पानी फेर्दिन लाएछि बिचराहरलाई पीर त पर्ने नै भाेनि । मुख्यमन्त्रीकाे निर्णयले तिरिमिरि झ्याइँ भाका काँग्रेसीले अनुदान र विशेष सहयाेगलाई निहु बनाएर हल्ला मच्चा हुन नत्र काँग्रेसी सभासद/सांसदहरलाई विकास,याेजना, बजेट जस्ता कुरासित उनरलाई खास मतलबै छैन ।

घुँयत्रो : “अनुदानको बहानामा ‘गुड फ्राइडे’ एमाले–कांग्रेस होटलमै छताछुल्ल”

कार्यसम्पादन नै नेतृत्वको पहिलो आधार हो :

Leave a comment

Your email address will not be published. Required fields are marked *