कार्यसम्पादन नै नेतृत्वको पहिलो आधार हो : मुख्यमन्त्री कँडेल

सुर्खेत,२६ साउन ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनै पनि ठाउँ वा पदको नेतृत्व गर्नका लागि कार्यसम्पादन नै पहिलो आधार हुने बताएका छन् । आज सुर्खेतमा पेशागत महासंघ नेपाल कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला समितिले आयोजना गरेको संगठन सुदृढीकरण तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले आजको युगमा जनताले पदको आधारमा होइन, सेवाभाव, नैतिकता र कार्यसम्पादनको आधारमा नेतृत्वको मूल्यांकन गर्ने बताए ।

मुख्यमन्त्री कँडेलले भने आज सबै क्षेत्रमा सेवाभाव हराउँदै गएको छ, यो राम्रो कुरा होइन, यसलाई सुधार गर्दै जनतामा सकारात्मक सन्देश दिनु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरुले निर्वाचित जनप्रतिनिधि र पेशागत महासंघबीच सुमधुर सम्बन्ध कायम गर्न आवश्यक भएको धारणा राखेका थिए ।

कार्यक्रममा पेशागत महासंघ नेपाल अध्यक्ष पुण्यप्रसाद ढकाल, नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाब जंग शाह, वीरेन्द्रनगर नगरप्रमुख एवम् नेकपा एमाले केन्द्रीय सदस्य मालेहनमाया ढकाल, पेशागत महासंघ नेपाल उपाध्यक्ष भोलानाथ पोखरेल, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका संगठनका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यसम्पादन नै नेतृत्वको पहिलो आधार हो : मुख्यमन्त्री कँडेल

नेपालगन्ज–दिल्ली सिधा उडानका लागि सक्दो पहल गर्ने

कार्यसम्पादन नै नेतृत्वको पहिलो आधार हो : मुख्यमन्त्री कँडेल

घुँयत्रो : “अनुदानको बहानामा ‘गुड फ्राइडे’ एमाले–कांग्रेस

Leave a comment

Your email address will not be published. Required fields are marked *