घुँयत्रो:”जनताको होइन, पदको राजनीति: एमाले–कांग्रेस ‘खेल’मा खेलकुद सचिव र लोकसेवा अध्यक्षको सौदा”

हैन ! करनालिकाे एमाले काँग्रेस झगडाले त्यति लामाे समय लेनत हँ । गाेडा तिनेक दिनैमा गाेडा पसारेर एमालेहरु वार्तालागि काँग्रेस प्रदेश कार्यालयाँ पुगेछन त हँ । गाेडा दुईदिनेक अघिसम्म काँग्रेसशीत गठबन्धन छाेडन परेनि छाेडन तयार हुनु पर्ने र सरकार बनाउने अन्तिम विकल्पाँ माओवादिसित गर्धन जाेडन पर्ने भएनि जाेडने निष्कर्षाँ पुग्नु भा मुख्यमन्त्री किन त्यतिछिटाे पग्लिनु भाे कुन्नि । यसाँ सबै आश्चर्य मान्याछन ।
किन त भन्दा यामलाल कँडेल भन्ने मान्छे त्यति छिटाे पग्लिने मान्छे त हैन ! तर पनि सत्ता भन्ने कुरा यस्ताे हुँदाे रैछकि विपक्षाँ रहुन्जेल सरकाराँ बस्या मान्छे र त्यसकाे पाटिकाे झाेल झर्ने गरि गाली गर्याे अनि आफू सत्ताँ गएर सत्ता स्वादलिई सकेछि चाइँ जतिसुकै ढुङ्गा जस्ताे साराे भएनि सत्ता यसाेआरामले मान्छेलाई पग्लि हाल्ने बनाउँदाे रैछ के ! हुनत प्रदेशाँ एकदुईटा पदाँ आफ्ना मान्छे भर्ना गर्न नपाएर एमाले काँग्रेस दुईटैका टाउकेहरु छटपटाई राथे त्यै रिसलेनि हाेला आँफुआँफुवाँ खिचातानी गरेछि अन्त्याँ केई न केई बाटाे निसकि त जाला अनि आफ्ना मान्छे भर्ना गरम्ला भनेझैँ गरि त्यै नियुक्तिलाई मियाे बनाएर सम्झाैता गर्या देख्दा लाग्याे यीनरु जनता स्वार्था लागि हैनकि आफ्नै स्वार्था लागि झगडा गर्या रैछन भन्ने कुरा जनताले प्रष्टै देख्न सुन्न र बुझ्न पाएके । तिनरुवीच सहमति भाकाे विषयबस्तु र तिनरले पूरा गर्ने मागै देख्दा सुन्दा त्याे देख्ने सुन्नेलाईनै लाज लाग्ने जस्तापाे छनत । खासमा एमाले खेलकुदकाे सदस्यसचिव आफ्नो मान्छे र काँग्रेस लाेक सेवा अध्यक्षाँ आफ्नो मान्छे राख्ने चक्कराँछ । उता बाले राष्ट्रिय खेलकुद गर्ने भन्दि हाले अनि त राष्ट्रिय खेलकुद गराउँदा लाखाैँका खर्च ,विना बिल भर्पाई गर्न पाईने अनि यस्ताे बेलाँ जति सक्याे आफ्ना कार्यकर्ता भर्ना गरेर पाेस्न पाईने भाे भनेत भाेलि पाटिका लागि नि राम्रो , चुनाबका लागि नि राम्रो , झन झाेलेहरका लागि त हुनैसम्म हुने भयाेनि हैन र ? सरकारमा र` का पदहरुमा छिट्टै नियुक्त गर्ने भन्ने जुन सहमतिलछनि हाे त्याे सहमति सबभन्दा पैला कार्यान्वयन हुन्छ हाेला । सरकाराँ भा हुनाले एमालेले खेलकुदकाे सदस्य सचिब माग्छ भन्ने कुराँ सबै ढुक्क छन भने त्यै निहुमा काँग्रेसका मान्छेहरले लाेक सेवाकाे अध्यक्ष माग्ने हाेलान । काँग्रेसका ठूलै नेताले पैलेकै सदस्य सचिव बनाउन जाेड गर्ने, अनि एमाले केन्द्राँ नि आफ्नै सरकार, परदेशानि आफ्नै सरकार अनि राष्ट्रिय खेलकुदजस्ताे कुरा गराउने अबसर पाएछि आफू सत्ताँ भा कारणले नि याे अबसर किन गुमाउने भन्ने पक्षाँ छन भने काँग्रेस नि अरु आल्तुफाल्ताका लागि किन साेच्ने बरु आफ्नै मान्छे लाेकसवाँ भर्ना गर्न पाए गाेडा पाँचेक वर्षलाई ढुक्क भनेर कुर्या अबस्थाछ ।
उता खेलकुद चलाउने सामाजिक विकास मन्त्री नि कतै आफ्नै मान्छे सदस्यसचिब बनाउन पाईन्छ कि भनेर खुसुरखुसुर लाग्या त सुनिन्छ तर ठूला नेताहरका अगाडि बिचराकाे केई चल्ने वाला छैन । नेताहरलाई एकुन्टा पदबाँडने चाहनाथ्याे त्याे सब आआफ्नै दम्भमा अडियाथे । कुनै बहानाँ आँफुआँफु लडे दुईटैका स्वार्थ र चाहना पूरा गर्ने बाटाहरु भेटिय के खाेज्छस ……… आँखा भन्या जस्तै भाे दुबै पाटिका नेता मिलेर बसेर यल्लेयाे लग्ने त्यल्ले त्याे लग्ने भन्ने सहमति भएछि कार्यकर्ताले मलाई किन बनाईनस भन्ने कुरानि भएन ।आफ्नो मान्छे बनायाे हाई सुख्खसित बस्याे हैन र । जनता बेबकुफ बनाउने त यसरी पाे हाेईछत ।कि कसाे नेताजीहरु । भगवान हमेशा आपका भलाकरे ।





