घुँयत्राे : माडसाबहरकाे आन्दोलन नि …

कठै बिचरा २९/२९ दिन राजधानीका सडक र गल्लि गल्लीमा कराउँदै र चिच्याउँदै र गाउँदै अनि पुलिसका डण्डा खाँदै गर्या माडसाबहरकाे आन्दोलन नि शिक्षा मन्त्री रघुजी पन्त र काँग्रेस काे मुख्य सचेतक घिमिरे मिलेर तुहाई दिने भए हैन्त ।

असारकाे पन्द्राँ शिक्षा विधेयक ल्याई दिने भनेर ओलिसरकारका प्रतिनिधि शिक्षामन्त्री रघुजीपन्तलाई साक्षिराखेर विश्वाश गरेका माडसाबहरु अब तिनै झाेले रघुजीपन्तनै शिक्षा ऐन आउन नदिन कैले माडसाबहरुसित वार्ता गर्न त कैले शिक्षक संघठनसित वार्ता गर्न भनेर शिक्षा समितिबाट विधेयक फिर्ता लिँदै हिँडदै गर्याछन ।

शिक्षासमितिमा सबैकुरा टुङ्गोमा पुगी सक्दानि यीनै दुईटा झाेले ( पनत र घिमिरे) विभिन्न बहाना बजाउँदै चलिरा समितिकाे बैठकबाट छलफलका लागि भन्दै समितिबाट विधेयक उठाउँदै हिँडदै गरेछि झाेले सांसदहरु त मुखाट वाफै फाल्न नसकेर चुपचापछन तर समितिका सभापति भने साेमबारकाे बैठकाँ निकै कड्क्या देख्दा सरकारै विधेयक नल्याउने पक्षाँ हाेकि भनेर माओवादिका सांसदहरुनि ससंकित भा देख्यियाे है त्यसैले माडसाबहरु विधेयक पास गराउने हाे भने दवावका कार्यक्रम गर्नाेस हैन भने तपाइँहरकाे २९ दिने आन्दोलनलाई ओलिसरकारले आफ्नैपाटिका माष्टरहरुका नाममा विधेयक खर्लप्पै खाई दिने छन ।

हुन पनि तपाईंहरुनि माष्टरहरका संगठन खारेज गर्न नमान्ने , संगठननि चाइयाे सुविधानि चाईयाे भनेछि बाले त्यति सजिलै मागपूरा गर्न गाह्रै पर्ला ! उता कर्मचारीको विधेयकले सरकारलाई ल्याँत खेलाईराछ । त्यसैत देश टाट पर्या बेलाँ शिक्षककाे माग पूरा गर्दिने हाे भनेत झन सरकारले दिउसै तारादेख्ने अबस्था श्रृजना हुनेछ ।

त्यै भएरनि सरकार विधेयक पास गर्ने कुराँ अनेक बहाना बनाईराछ अनि सांसदहरुचाइँ निसेनिमा सरकारका सचिवहरुले खेलेका खेलले झस्कि राछन र कतै माष्टरकाे ऐनकाे हालतनि कर्मचारीकाेजस्ताे हुनेत हैन भन्ने डरछ । त्यसाेत याेचाेटि ऐन पास नगरेर हिउँदे सेसनसम्म धकेल्न सकियाे भने कुनैन कुनै बहाना बनाएर तर्किहालम्ला भन्ने साेच सरकारकाेछ ।

त्यसकारण पनि विधेयक बाेक्दै हिँडदै गर्याछन घिमेरे र पन्त । त्यसैले सरहरु सकिन्छ भने विधेक पास गराउने बाटाे खाेजिहाल्नाेस हैन भने तपाइँहरकाे २९ दिने शारीरिक,मानसिक र भाैतिक लगानि त्यसै खेर जानेवालाछ । अब त्यस्तै खाले आन्दोलनमा देशभरबाट साथिभाई जुटाउन गाह्राे छ ।

अनबरत त्यसरि आन्दोलन गर्दा त प्रधानमन्त्री माग पूरा गर्दिन टस्काेमस् भएनन भने सामान्य तरिकाले मागपूरा गराउन खाेज्दा कसरी सम्भब हाेला र ? खास भन्ने हाे भने सरहरु तपाईँहरु दलकाे संगठन जिउँदै राख्न खाेज्दा दलहरुले तपाइँहरकाे याे हालत गराई द्याहुन ।

आफ्ना मागहरु पूरा गराउन शिक्षकहरुवीचमा रहेका संगठनहरु खारेज गरेर शिक्षकहरुका आवाजहरुलाई निष्पक्ष रुपमा सरकारसित राखेर माग पूरा गराउनतिर लाग्नाेस त , कसरी माग पूरा हुँदैनन । तर के गर्ने तपाइँहरलाई दले बन्ने रहर पनि त्यत्तिकै छ अनि माग पूरा गराइ माग्ने र सुखसुविधा लिने रहर पनि त्यत्तिकै छ ।

यस्ताे अबस्थाँ तपाइँहरकाे चाहना काँ पूरा हुन्छ तनि ! सरकारले याे पटक विधेयक पास गरेन भने स्थानीय सरकारले तपाइँहरकाे पित्तपानी छुटाउँछ अनि बल्ल था हाेला ।त्यसैले बेलैमा हाेस गरम् । नहिताे” गईलभैंस पानीमे ” भन्ने माखा धबाउने अबस्था आउला । ऐले स्थानीय सरकार बलियाछन जे चायाे त्यै गर्छन ।

घुँयत्राे : माडसाबहरकाे आन्दोलन नि …

पचालझरना गाउँपालिकामा ७० लाख ५० हजार नौ

Leave a comment

Your email address will not be published. Required fields are marked *