गृह जिल्लामै पूर्वमाओवादी  कार्यकर्ताबाट अपमानित बने जनार्दन

सुर्खेत, २२ मंसिर ।

कुनै समय नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा कर्णालीबाट निरन्तर शक्तिमा रहेका नेता हुन् रुकुम पश्चिमका जनार्दन शर्मा । १० वर्षे ‘जनयुद्ध’ को दौरानमा होस् या माओवादी मूलधारको राजनीतिमा आउँदा होस्, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पक्षमा सतिसालझैँ उभिन्थे शर्मा ।

पार्टीभित्र प्रचण्डविरुद्धको अन्तर्विरोध हुँदा बलियो प्रतिवादमा पनि उनै शर्मा अग्रस्थानमा हुन्थे । एक दशकको सशस्त्र युद्धको दौरानमा चार जना डेपुटी कमान्डरमध्ये एक थिए उनी । शर्माको सैन्य कमान्डमा १० वर्षे सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेको थियो । सोही बेलाबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्र पनि थिए शर्मा ।

कुनै बेला यस्तो थियो, माओवादी कर्णालीका नेताहरू जनार्दनको निर्णय पर्खन्थे । पार्टीको केन्द्रदेखि तल्लो तहसम्म बलियो लाइन बनाएका शर्मालाई अहिले भने ठूलो झट्का लागेको छ । जेन–जी–आन्दोलनपछि पार्टी अध्यक्ष प्रचण्डले माओवाद त्याग्ने र नेकपा एकीकृत समाजवादीलगायतका वाम समूहसँग एकता गर्ने निर्णय लिएसँगै शर्मा आफ्नै गृहप्रदेशबाट एक्लिएका छन् ।

अहिले उनीसँग उतिबेलाको जस्तो न शक्तिको प्रभाव छ, न त उनका नजिकका सारथि नै नजिक छन् । कर्णालीमा जनार्दन शर्मा भर्सेस शक्तिबहादुर बस्नेतको राजनीति हुने गरेको थियो । माओवादीभित्र उनीहरू प्रतिस्पर्धी त थिए नै, प्रचण्डलाई कसले बढ्ता विश्वासमा लिने भन्ने प्रतिस्पर्धा पनि हुने गरेको थियो ।

त्यस क्रममा शर्माले कर्णालीमा शक्ति यसरी आर्जन गरे कि कुनै समय बस्नेतसँग न संगठन थियो, न नेता । तर, अहिले प्रचण्डको साथ छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका शर्मालाई आफ्नै गृहजिल्लामा कालो झण्डा देख्नुपरेको छ । शर्मालाई गृह जिल्लामा कर्णालीका पूर्वमुख्यमन्त्रीसहितका केही नेताको मात्र साथ छ ।

कुनै समय शर्मा शक्तिमा रहँदा नजिकबाट अवसर लिएका नेताहरूले समेत साथ छोडेका छन् । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने उनी निकटका कार्यकर्ताले विमानस्थलको गेटमै कालो झण्डा देखाएका छन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मामाथी रुकुमको सल्ले विमानस्थलमा कालो झण्डा देखाएर कार्यकर्ताले विरोध जनाएका हुन् ।

शर्मा आज जिल्लास्थित प्रलोपाको पार्टी कार्यालय उद्घाटन र भोली हुने युवाहरूको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका थिए । शर्मा आउने चाल पाएपछि तत्कालीन माओवादी केन्द्रका आठबिसकोट नगर कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदरासहितका नेता तथा कार्यकर्ताहरू मुसीकोट–१ स्थित विमानस्थल पुगेका थिए ।

विमानस्थलमा शर्मा निकटका नेता तथा कार्यकर्ता पनि थिए । शर्मा विमानस्थलको गेटबाट निस्कन नपाउँदै पूर्वमाओवादी कार्यकर्ताले शर्माविरुद्ध नाराबाजी लगाउँदै कालो झण्डा देखाएका थिए । शर्मालाई उनका पूर्वकार्यकर्ताले जनातालाई धोका दिएको आरोपसमेत लगाए ।

गृह जिल्लामै पूर्वमाओवादी   कार्यकर्ताबाट अपमानित बने जनार्दन

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा 

गृह जिल्लामै पूर्वमाओवादी   कार्यकर्ताबाट अपमानित बने जनार्दन

नरैनापुरमा प्रशासनिक अराजकता विरुद्ध जनदबाब  जेनजी र

Leave a comment

Your email address will not be published. Required fields are marked *