घुँयत्राे : सरकारमाथि प्रश्न त उठलात हैन र ?!

हैन हाे बा ! सरकारले बहुत राम्रो काम गर्याछ भन्दै हिँडनु हुन्छ तपाईं, अनि सरकारमा बस्या र समर्थन गर्या दल भटाभट एकपछि अर्काे गरेर सरकारलाई द्या समु्थन फिर्ता लईम भनेर हिँडछन ! के भा हाे यस्ताे । अल्लि अघि उपेन्द्र यादबलाई चिढ्याउनु भाे र भूमि सम्बन्धि अध्यादेशनै खलाँस भाे । ऐलेफेरि रेशम चाैधरी र अर्को याैटा मधेसी पाटिले सरकारलाई द्या समर्थन फिर्ता लिईम भनेर सडकाँ उफ्रिँदै हिँड्याछन ।

हुनत त काँग्रेसीहरले समर्थन नछाेडेसम्म ओलकाे सरकार ढाल्ने ताकत कसैसित छैन तर सरकारले बहुत राम्रो काम गर्याछु भनेर धक्कु लाउँदै हिँडने अनि साना तिना दलले समर्थन फिर्ता भन्दै हिँड्ने हाे भनेत सरकारमाथि प्रश्न त उठलात हैन र ?! प्रधानमन्त्रीज्यु सामाजिक सञ्जालाट सरकारलाई गालि गर्ने अनि सरकार विरुद्ध समाचार लेख्नेहरुलाई कार्वाहि गरेझैँ यी सरकार छाेडनेहरुलाई कार्वाही गर्न मिल्दैन ?

हजुरले सत्ता सम्हाल्या भख्खर १ बर्ष त भाछ याे १ बर्षकाे अबधियाँ के नै विकास गर्न सकिन्छ र बल्लत बजेट आछ एमालेले भन्याजस्ताे बजेट आएछि त बल्ल विकनस हाेलात! ऐल्यै विकास भएन भन्ने निउ बनाउँदै सरकार छाेडदै जानत भएन त ! चुनाब आउननि अँझै २ बर्ष त छ त ! विकास गर्ने भनेकै चुनाब हुने बर्षाँत हाे त्यति बेलासम्म विकास नभए सरकार छाेडनु भन्ने त स्वभाविकै हाेकि तर ८४ काे चुनाबका लागि ८२ मै विकास भएन भनेर दि रा समर्थन छाेडेर जानू भन्या त त्यस्सै निउ खाेज्ने काम मात्रै हाे हैन र बा ?! तर चिन्ता नगर्नाेस बा खासमा वकास भएन भनेर गराउने सांसदहरु हुन तिनरु याैटा न याैटा निउ खाेजेर सदनाँ आँफै लड्याछन ।

सदन शुरु भए लगत्तै गृहमन्त्रीकाे राजीनामा भनेर लडे गाेठा तिनेक साता सदनाँ लडदानि गृहमन्त्री टसकाेमस् नभएछि बजेट पास गरेर चित्त बुझाउँदैथे त्यसकाे लगत्तै फेरि त्याे निसेनि भन्नेमा अल्झेर त्यसलाई पास गर्न खाेज्दा कुलिङ पिरियड भन्नेले तिनरकाे दिमाग तताईदेछि निसेनि भित्रकाे कुलिङपिरियड खाेज्न समिति बनाइदेउ भनेर भक्कानाे छाेडिछाेडि र्वाछन ।

तिनरकै रुवाइ हेरेर तपाईंहरु मुर्छापरिपरि हाँस्नुभाछ त्याे पनि जनताले था पा छन । तर तपाइँहरु आँफुले गर्या कुकृत्य सच्याउन तयार हुनु हुन्न त्याे पनि जनतालाई थाछ । अब सम्भब त यै कुलिङ पिरियड कुलिङ हुन नदेरै बर्षे सदननि सिध्याउनु हुन्छ हाेला । अनि तपाइँलाई थपिथपि खान कल्ले राेक्ने !? ती माेरा कैले आउने कैले जाने मधेसी दललाई कसरी फकाउन पर्छ हजुरलाई के सिकाउनु पर्याे ती त दिए आउँछन नदिए जान्छन ।

सदन चलेपाे यसाे भएन सरकार उसाे भएन सरकार भन्ने अनि अल्लि बढिनै रिस उठे राजीनामा माग्ने त हाे । तर सदनै नभा बेला के काे राजीनामा ?! काँग्रेसका देउवाले तपाईंको राजीनामा नमाग्ने अरु हरिलट्ठकहरुले मागेर के गर्ने ? देउबाले तपाइँकाे राजिनामा माग्ने भन्यात जब तपाईं दुईटाले गर्या सहमतिका दिन नजिक आउलान अनि देउबालाईनि कैले सत्ताँ जाम्ला भनेर काउकुति लाग्ला ब्यानबेल्का छटपटि चल्ला अनि तपाईंले नि देउबालाई थाङना सुताउने दिनकाे प्रतीक्षाँ बस्दै देउबाले थाहै नपाउँने गरि सर्लक्कै थाङना सुताएर जुङा ताउलाउँदै सरकारी रेडियाे र टिभिमा मुस्कुराउँदै ” हामीले आजका मिति देखि गठबन्धन फेर्ने निर्णय गरेकाछाैँ ” भन्नू हाेला तब देउबा एमाल्या सपनाट बाहिर आएर एमालेलाई द्या समर्थन फिर्ता भनेर फत्किँदै बस्दै गर्लान र छैठाैँ पटक प्रधानमन्त्री हुने भनेर देख्या सपना चकनाचुर पारेर ओलिले साथ छाेडेर गएकाे देख्लान । सायद त्यसबेला मात्रै सम्झेलान बेला बेलाँ कार्यकर्ताले ओलिले धाेखा दिन्छन है भनेर राख्या कुरा तर के गर्नु त्यति बेलासम्म धेरै ढिला भै सक्या हुनेछ ।

अनि प्रधानमन्त्री त के पाटि सभापति पनि नरहने अबस्था आईसक्या हुनेछ र बुढानिलकण्ठ ले नि खाईस ! भनेर गिज्याकाे झैँ लाग्नेछ र सबै सकिनेछ । यसकाे श्रेय अन्तत ओलिबामा जानेछ । त्यसपछि के के हुन्छ त्यै समयले देखाउला ।

घुँयत्राे : सरकारमाथि प्रश्न त उठलात हैन र ?!

घुँयत्राे : एउटै पाटिलाई श्रीमान श्रीमतीले हाँकेर

घुँयत्राे : सरकारमाथि प्रश्न त उठलात हैन र ?!

सम्पादकीय : बजेट थन्क्याउने प्रवृत्तिको अन्त्य गर

Leave a comment

Your email address will not be published. Required fields are marked *