घुँयत्राे : एउटै पाटिलाई श्रीमान श्रीमतीले हाँकेर …

सुदुर पश्चिमका मुख्यमन्त्रीले रेशम चाैधरीकाे राष्ट्रिय उन्मुक्ति पाटिका प्रदेशसभा सदस्य तथा वन तथा पर्टन मन्त्रीलाई घाेक्रेठ्याक लाएर निकाल्देछि ऐले रेशम चाैधरीकाे घराँ खैलाबैला मच्च्याछ । एउटै पाटिलाई श्रीमान श्रीमतीले हाँकेर पारिवारिक पाटियाट सत्ता कब्जा गरेर सुखसयल गर्ने मनसायले गठनभा पाटियाँ यसअघि श्रीमान श्रीमतीकै झगडाले दुई बुढाबुढिकै पाेल खाेलाखाेल भएर बाेलिबाराबार गरेर बस्या भन्ने सुन्नमा आईरा बेला आफ्नो कार्यकर्तालाई मन्त्रीबाट निकाल्देकाे समाचार आउने बित्तिकै बुढाबुढि फेरि साख्खै भएर साेफाँ बस्या फाेटाे देख्खेछि साँच्चै राजनीति भन्या गजबै हुँदाेरैछ भन्ने कुरानि हाम्ले मनन गर्न भुल्नु हुँदाेरैनछ भन्ने जस्तो नि लायाे ।
सुदुरपश्चिममा मन्त्री हटाउने खेलले अब प्रदेशका सरकारहरुमा अस्थिरता निम्तियाे भन्दानि भाे । बाले सत्ताकाे बागडाेर समाल्या १ बर्ष पुग्दा नपुग्दै सरकारमा संकट मडारिन थालेछि अब बाले बाटाे फेर्ने तयारी गर्दैछन भन्ने अडकल काटने त हाेला । रेशम चाैधरीकाे पाटिकाे याैटा बीउ त बाकै मन्त्री मण्डलाँनिछ यति हुँदा हुँदैनि प्रदेशमन्त्रीबाट घचेटनु भन्यात केन्द्रीय सरकारनै अब केई गर्दैछ भन्ने त हाेला । सरकारले केई पनि गर्न सकेन मन्त्रीहरु बकलन्ठु भए भनेर जनता कराउन थाल्यानि धेरै भै सक्याे तर न बाका घैंटाँ घाम लायाे न बाका झाेलेहरकाे घैंटाँ !
याे चाेटि चाइँ मन्त्री सन्त्री फेर्ने खेल खेल्याछन कतै जनता माग पूरा हुन्छकित भन्ने आश चाइँ जाग्याछ है । त्यसाेत रेशमलाई चिढ्याएर सुदुर पश्चिमा केइ गरम्ला भनेर नसाेचेनि हुन्छ । त्यति सजिलै सुदुर पश्चिमका राजाहरुलाईनि गरि खान त काँ देला रेशमले नि । त्यति ठूलाे घटनाँ सफाई पाएर छाती चाैडा गराएर पाटि खाेलेर जनतालाई उन्मुक्ति दिने भनेर पाटिकाे नामै उन्मुक्ति पाटि राखेर दुई बुढाबुढिकाे कब्जा पाटिलाई राख्ने साेच बना मान्छेले त्यति सजिलै आफ्नाे पाटिकाे मान्छेलाई घिच्च्याएर मन्त्रीबाट निकाल्या घटना बिर्सेर सरकारलाई गरि खान त के देला !?
जनतालागि परिवर्तन भन्दानि निजी स्वार्थकै लागि परिवर्तन खाेज्ने हरुले जनतालागि केही गर्न खाेजे भनेर आश गर्नु त निर्रथक हाे तर पनि मान्छेमा काैतुहलता जाग्दाेरैछ । त्यसैले पनि अब सरकार प्रदेश देखिनै केही गर्ने प्रण गर्दै अघि बढन खाेज्या हाे कि भन्ने लाग्ने । हिजाे शुक्रबार मात्रै विदेशबाट आका प्रधानमन्त्रीले केही गर्न खाेजेकि भनम भने उनलाई ऐले पाटिनै सम्हालि नसक्नु भाछ । आफ्नो गैर हाँजिरिमा पाटिमा आगमन र वहिर्गमनले बाकाे टाउकाे दुखाई भाछ अनि यस्ताे बेलाँ बाले देश र जनता बार्याँ साेच्लान भन्ने आश गर्नु डाेकाँ दूध दाेएर अड्याउँछु भन्या जस्तै हाे ।
त्यसैले अब एकातिर रेशम चाैधरीकाे नाटक र अर्काेतिर पाटियाँ एमाल्या नाटक हेरेर समृद्धि खाेज्न बाध्य हामी नेपालिकाे भाग्याँ कैल्यै उन्नति र प्रगतिकाे कथा लेख्या छैन हाेला । त्यसैले वेथिति र विसंगतिका बीचबाट बनेका भ्रष्ट सरकारले नेपाली जनतालाई कतैबाट पनि आशाकाे किरण जगाउने सम्भावना छैन । त्यसैले सरकार बन्नु ,ढल्नु र फेरि बन्नुमा नेपाली जनतालाई न कुनै हर्ष छ न कुनै बिस्माथ ! त्यसैले सिँगै केन्द्रकाे सरकार ढलाेसकि, प्रदेशकाे ! जनता त मुकदर्शक हुन मुक दर्कनै भएर बस्छन ।उनिहरुकाे हातमा त अरु उपाए पनि त छैन ।






