२०८३ असार २ गते
×

Now Playing

घुँयत्राे : नेपालाँ त कुलिङ भन्याचाइँ ताताे पाे हाे रैछ

हैन हाै ! कुलिङ भन्यात चिसाे पाे हाे भन्थे त याे नेपालाँ त कुलिङ भन्याचाइँ ताताे पाे हाे रैछ त हैा । नेपालका सांसदहरु ऐले यै कुलिङलाई बिषयबस्तु बनाएर तात्तातात्यैछन । याे संसद भबननि चाइनिजहरले नेपालीहरकाे ग्रहदशा हेरेर वास्तु शास्त्र मिलाएर बनारैनछन कि क्या हाे ।

सांसदहरु जम्मा भएर सदन बस्नि भन्याे कि याैटान याैटा बितण्डा भाकै हुन्छ । अस्ति भख्खर विपक्षिहरले छानबिन समिति बना भनेर सरकारलाई घेरेर सदनै चल्नदेनन ।  त्यै हुलबाट प्रचण्ड फुत्केर कताट मिल्न आइ पुगेर अब सदन चल्लाकि जस्ताे भएर निजामति बिधेकाँ छलफल चलाएर पारित भै सकेछि झल्याँस्स भाका माननीयज्युहरु फेरि निसेनियाँ राख्या कुलिपिरियड कन हटाईस भनेर बिचरा राज्यसमितिका सभापति रामहरि खतिबडालाई र्याख् र्ख्र्याख्ति पार्न थाल्याछन ।

विचरा खतिबडा समिति गठन गरेर दाेषि लाई कार्वाई गरम शाथिहाे मैले यसाँ कुनै गडबड गर्याछैन भन्दैछन तर सरकारी संसदहरु एकाेहाेराे विचरालाई पेलेर चिटचिटि पसिना छुटाई राछन ।

ऐनमा कुलिङ पिरियड राख्दाखेरीकाे मुख्यसचिव ,सामान्य प्रशासन सचिब र अन्य केही सचिबहरुकाे दाैडधुपकाे खेलाे अनि प्रधानमन्त्रीले निसेनिमा बढाएकाे चासाे जस्ता कुराले अब ऐनमा छलकपट हुन सक्छ है भन्नेसम्मनि हेक्का नराखेर समितिबाट बिधेयक जाने बित्तिकै त्यसलाई नपढेरै सदनमा विधेयक पारितकाे प्रस्ताबमा आँखा चिम्लेर तालि पिटने हाम्रा सांसदकाे विश्वासले नराम्ररी धाेका खाएछि बिचरा सांसदहरु जाे सबैभन्दा बढि कुलिङकाे पक्षमा रहे तिनैमाथि कुठाराघात भएछि रुनु न हाँस्नुकाे अचेतन अबस्थाँ बतुराईराछन ।

सत्तारुढदलका अध्यक्ष हरुनै कुलिङ पिरियडकाे विपक्षमा छन भन्ने कुरा समेत बुझ्न नसक्या माननियहरुलाई कल्ले सम्झाई दिने हाेलाकि देउवा र ओलिकाे ईसाराँ याे सब खेल कर्मचारीका नाईकेले गर्याछन त्यसैले उनिहरुबाट कुनैपनि हालताँ समिती गठन गर्न दिन्नन भन्ने कुरा कसरी बुझाउने हाेला के !

भन्न त जनताले माननीयहरु नै र माननीयहरुले समितिकाे सभापति दाेषि रहेकाे किटानी गरेका छन तर याे घटनामा सरसर्ति हेर्दा यीनिहरु दाेषि खेखियनि वास्तविक दाेषि चाइँ २ ठूला नेता ,सभामुख,र सचिवहरुनै दाेषि छन ।

किनभने कुलिङ व्यवस्था राख्दा घाटा वा असर पर्ने सचिबलाईनै हाे र उनिहरु शुरुदेखिनै यसकाे विराेधमा लागेर नेताहरुलाई आफ्नाे बनाए अनि नेताहरुलेनि सचिवहरुलाई हटाउने ब्यवस्था कसरी गर्छाै गर भनेर सचिवलाई ग्रिन सिग्नल दिएछि सचिवहरकै खेलमा याे सब भयाे ।

विधेयक पास भै सकेछि भरसक था पाउन्ननन पाएनि मत्थर भै हाल्छ भन्नेमा रहेकामा सांसदहरले धेरै खाेजिनीति गर्या हुनाले कुलिङले हिटिङ गराहाे जब ओलि र देउवाले सांसदलाई बाेलाएर चुपचाप बस्न इशारा गरेभने याे सब मत्थर भै हाल्छ ।

त्यसपछि याे घटना न संसदिय ब्यवस्थाकाे धब्बा हुन्छ न कलंक हुन्छ बरु दुई नेताका लाई सुनाैलाे अबसर हुन्छ ,भष्टाचारकाे सरल बाटाे हुन्छ अनि कर्मचारीकाे ईतिहासमा सँधैका लागि सुनाैलाे अबसर हुन्छ र कर्मचारीका संगठनहरु अमर रहेझै याे घटनाले निसेनिमा कुलिङपिरियड राख्ने हिम्मत कसैले गर्नेछैन र याे खेलखेल्ने सचिबहरुकाे नाम कर्मचारी संगठनमा सुनाैलाे अक्षरले लेखिनेछ र भविष्यमा निसेनिबाट कर्मचारी संगठन हटाउने साेच कसैले ल्याउने छैन ।

यसलाई पनि त कुलिङ पिरियडकाे उपलब्धि नै मान्नु पर्याे र याे उपब्धि कस्काे पिरियडमा भयाे भन्दा “ओलिबाकाे ” भन्न पाउँदा एमालेहरुकाे छाति कम गर्वले फुल्ला ! ? आउने पिडिले पनि त भन्लान एमाले नेता अमर रहुन ! जयहाेस एमालेहरकाे !!

घुँयत्राे : नेपालाँ त कुलिङ भन्याचाइँ ताताे पाे हाे रैछ

सम्पादकीय : शिक्षामा गुणस्तरको संकट

Leave a comment

Your email address will not be published. Required fields are marked *