चारदिनपछि पुर्णरुपमा संचालनमा आयो कर्णाली राजमार्ग

गाेल्डेन बुढा

जुम्ला,१७ भदौ।
जुम्ला-सुर्खेत सडकखण्डको कर्णाली राजमार्ग पुर्णरुपमा संचालनमा आएको छ।कालिकोट शुभकालिका गाउँपालिका- १ अवस्थित गगनले खाेलाकाे पहिराे पन्छाएपछि राजमार्ग खुुलेकाे हो। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार चार दिनपछि संचालनमा आएको हो। दिउँसो साढे १२ बजेदेखि सडक पुर्णरुपले खुलेको छ।देबिबक्स गुल्मबाट सह- सेनानी सानुराम कार्किकाे कमाण्डमा खटिएको नेपाली सेनाको टाेलीले पुर्णरूपमा सडक सुचारू गरेको हो ।कार्यालयका सुचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीका अनुसार सेनाको टोलीले सोमबार तीन वटा ब्लाष्टिङ गरेको थियो ।

पहिरो सँगै आएको ठुलो ढुंगा तीन वटा ब्लाष्टिङ गर्दा पनि नफुटेपछि फेरी मंगलबार बिहान साढे ८ बजेदेखि सेनाको टोली गगनेखोलामा पुगेको थियो ।´झण्डै एक सय घनमिटरको ढुंगा सडकमा खसेको थियोे ।यसअघि सडक डिभिजनले डोजरको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरेपछि चट्टान फोड्न सकेको थिएन।पाँच दिनदेखि कर्णाली राजमार्ग ठप्प हुँदा जुम्ला देखि पठाइएका २१ ट्रक व्यापारी खुसी भएका छन्। झण्डै १३ करोड बराबरको स्याउ थन्किएको थियोे ।

चारदिनपछि पुर्णरुपमा संचालनमा आयो कर्णाली राजमार्ग

यो वर्ष स्याउ कम उत्पादन भएपछि उर्थुचाैतारा

चारदिनपछि पुर्णरुपमा संचालनमा आयो कर्णाली राजमार्ग

कर्णाली राजमार्ग खुलेको पाँच घण्टामै पुनः अवरुद्घ

Leave a comment

Your email address will not be published. Required fields are marked *