यो वर्ष स्याउ कम उत्पादन भएपछि उर्थुचाैतारा गाउँका किसान चिन्तित

गाेल्डेन बुढा 

जुम्ला,१७ भदौ।
जुम्लाको पातारासी गाउँपालिका उर्थुचाैतारा गाउँका हिक्मत बिष्ट स्याउका जिल्लाका किसान मध्ये उत्कृष्ट किसानका रुपमा चिनिन्छन्।उनकाे बगैंचामा दुई हजार स्याउ बिरुवा लगाएका छन्। बिष्ट उक्त गाउँकै बढी स्याउ लगाउने र ठुलाेग गतिलो बगैंचा छ। हिक्मतले गतवर्ष मात्रै १५ लाख रुपैयाँकाे स्याउ बिक्री गरे। उनका अनुसार हरेक बर्ष उनलेे १२ लाख देखि १५ लाख रुपैयाँ स्याउ बिक्री गरिरहेका छन्। तर,यो वर्ष बगैंचामा ५० क्विन्टल स्याउ मात्रै फल्याे। निकै चिन्तित देखिन्छन्।उनलेे भने,´ उर्थुचाैतारा गाउँभरिमा सबैभन्दा बढी स्याउ फलाउँथे।तर,यो पटक उत्पादन कम भएको बताउँछन्। कमाइ पनि राम्रो भएन। फलेको स्याउ निकै गुणस्तरको फल्यो ।’बिष्टले सुनाए।

यस्तै अर्का किसान अधिराज बिष्टले पनि उस्तै गुनासो पाेखे। उनको पनि एक हजार २ सय स्याउ फल्ने बिरुवा छन्।विगतका हरेक बर्ष ५ देखि ७ लाख बराबरको स्याउ बेच्थे। राम्रो आम्दानी हुन्थ्यो।घर परिवारकाे खर्च बालबालिका कापीकलम,स्कुल पाेशाक लगायतको खर्च टर्थ्याे।तर, अहिले स्याउ उत्पादन हुन सकेन्।यो वर्ष ७ कार्टुन स्याउ फल्याे,बेच्नु भन्दा पनि नासु बाहिर चिनजानका साथीहरूलाई काेशेली पठाउन पनि खरिद गर्नु अवस्था छ।अधिराजले भने मेरो मात्रै होइन पातारासी क्षेत्रमा २० प्रतिशत स्याउ फल्याे।उर्थु गाउँ पातारासी क्षेत्रकै बढी स्याउ उत्पादन हुने गाउँका रुपमा प्रख्यात छ।तर,१० प्रतिशत मात्रै स्याउ उत्पादन भएको उनलेे बताए। यताउर्थुचाैतारा गाउँका प्रदीप विष्ट स्याउ किसान सँगै व्यापारीका हिसाबले परिचित छन्। प्रदिपले छिमेकीको स्याउ हरेक वर्ष धनगढीमा लैजान्छन् । गत वर्ष उनले १० गाडी स्याउ धनगढी पुर्‍याएका थिए। तर यो वर्ष ४ गाडी स्याउ पुर्‍याउन कठिन भयो।प्रतिकेजी ७० रुपैयाँमा स्याउ खरिद गरेका प्रदीपको आफ्नै बगैँचाको उत्पादन पनि निकै कम भयो । गत वर्ष एक गाडी स्याउ आफ्नै बगैँचामा फलेको थियो । यो वर्ष तीन क्विन्टल स्याउ मात्रै फल्यो । उनले भने, ‘बजारमा स्याउको माग अधिक छ । तर स्याउ कम फलेकोले पुर्‍याउन मुस्किल छ ।’स्याउको फूल लाग्ने समयमा अत्यधिक पानी परेको, कालो तुसारो लागेको र रोग किराको संक्रमणका कारण बगैंचा रित्तो देखिएको बिष्ट बताउँछन् ।उर्थुचाैतारा गाउँमा र १ सय ५० घरधुरी छ। स्याउ बेचेर निकै कम कमाउने घरले न्युनतम १ लाख रुपैयाँ कमाउँथे। अधिकतम १५ लाख रुपैयाँसम्म कमाइ हुन्थ्यो।

विडम्बना यो वर्ष धिकतम आम्दानी गर्नेले ५ लाख रुपैयाँ गर्न नसकिने अवस्था आयो।गाउँमा न्युन बगैँचा हुने किसानका १ सय बिरुवा छन् । अधिकतम २ हजार बिरुवासम्म छन् । स्याउ नफल्दा पातारासी- ६ का अर्का किसान प्रेमबहादुर विष्ट दुखित छन्।यो वर्ष उनको बारीमा ६ क्विन्टल स्याउ मात्र फल्यो । ‘यो पटक कोपिलामै स्याउ झर्‍यो । हिउँदमा हिउँ परेन । बर्षायाममा धेरै पानी परेर फल झर्‍यो,’ उनले भने।उर्थु स्याउ गाउँको नामले परिचित छ । यो गाउँको खाली जमिन पूरै स्याउले ढाकिएको छ । यो समयमा उर्थु बजारमा मालवाहक गाडीले भरिन्थे । तर, यो पटक स्याउ खरिद गर्न आएका व्यापारी खाली हात फर्किनु परेको छ।बिष्टले भने, ‘स्याउले यहाँको जीविका सहज बनाइरहेको थियो । तर यो पटक कम फल्दा यार्सा टिप्न पाटन जानुपर्नेदेखि काला पहाडको यात्रा गर्नुपर्ने बाध्यता देखिन्छ।’कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लामा ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गत वर्ष भन्दा उत्पादन घटेकाले किसानको आम्दानी पनि घट्ने कार्यालयको अनुमान छ ।कार्यालय जुम्लाका अनुसार यस वर्ष ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जुम्लाले बेचेकाे हो।२० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो। जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ।

यो वर्ष स्याउ कम उत्पादन भएपछि उर्थुचाैतारा गाउँका किसान चिन्तित

अवरुद्घ राजमार्ग खुलाउन नेपाली सेना सक्रिय

यो वर्ष स्याउ कम उत्पादन भएपछि उर्थुचाैतारा गाउँका किसान चिन्तित

चारदिनपछि पुर्णरुपमा संचालनमा आयो कर्णाली राजमार्ग

Leave a comment

Your email address will not be published. Required fields are marked *