कर्णाली राजमार्ग खुलेको पाँच घण्टामै पुनः अवरुद्घ

गाेल्डेन बुढा

जुम्ला,१७ भदौ।
कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत – जुम्ला सडक खण्डकाे गगने खाेलामा पुनः पहिरो गएको छ । बाटो खुलाएको पाँच घण्टामै पहिरो आएर यातायात फेरि ठप्प भएको हो ।डिभिजन सडक कार्यालय जुम्लाले पहिरोले सडक पुनः अवरुद्ध भएको जनाएको छ । पाँच घण्टा बाटो खुल्दा रोकिएका सबै गाडीहरू भने पास भइसकेका छन्। गगनेखोला क्षेत्रमा भीषण वर्षा भएकाले सडकमा लेदोसहितको पहिरो आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए।

गत शनिबारदेखि पहिरो पन्छाउन नसकिएका कारण स्याउ बोकेका २३ वटा ट्रक रोकिएका थिए । सडक अवरुद्ध भएपछि १३ करोड रुपैयाँभन्दा बढीको १ सय ८४ मेट्रिक टन स्याउ कुहिने चिन्ता बढेको थियो । मङ्गलबार नेपाली सेनाले चार पटकसम्म विस्फोट गराएर सडक खुलाएको थियो । यसैबीच वर्षात अझै जारी रहेकाले कर्णाली राजमार्गमा पहिरोको जोखिम कायम रहेको हुँदा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन कार्यालय जुम्लाले अनुरोध गरेको छ ।

कर्णाली राजमार्ग खुलेको पाँच घण्टामै पुनः अवरुद्घ

चारदिनपछि पुर्णरुपमा संचालनमा आयो कर्णाली राजमार्ग

कर्णाली राजमार्ग खुलेको पाँच घण्टामै पुनः अवरुद्घ

बाँकेका निजी विद्यालयद्धारा आज राँझामा वृह्त खवरदारी

Leave a comment

Your email address will not be published. Required fields are marked *