मन्त्री शर्माद्वारा दार्मा खोला फारुला बजार जोड्ने पक्की पुलको शिलान्यास


कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले दार्मा खोला फारुला बजार जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् ।
कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय पुर्वाधार विकास निर्देशनालय पुर्वाधार विकास कार्यालय सल्यानको आयोजनामा दार्मा खोला फारुला बजार जोड्ने पक्की पुलको शर्माले शिलान्यास गरेका हुन् ।
कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय पुर्वाधार विकास निर्देशनालय पुर्वाधार विकास कार्यालय सल्यानको आर्थिक बर्ष ०८०÷०८१ को स्वीकृत रकम ४ करोड ९५ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न हुने पक्की पुलको २०८२ साल जेठ गते सम्म निर्माण कार्य सम्पन्न हुने गरि साउथ आर्ची कृष्णलिला निर्माण कम्पनीले निर्माण गर्नेछ ।
दार्मा गाउँपालिमा अध्यक्ष निम बहादुर केसीको अध्यक्षतामा सम्पन्न गरिएको सार्वजनिक सुनुवाइ तथा शिलान्यास कार्यक्रममा दार्मा गा पा उपाध्यक्ष जुना मल्ल चन्द, पुर्वाधार विकास कार्यालय सल्यान प्रमुख हरि बहादुर वली,प्रमुख प्रशासकीय अधिकृत रेशम वली,वडा नं ३ का अध्यक्ष पोखर केसी, ४ नं वडा अध्यक्ष चन्द्रबहादुर रावत सहित स्थानीयको उपस्थिति रहेको थियोे ।






