स्याउका परिकार बनाउने सीप सिक्दैःजुम्ली किसान


हरेक वर्ष भदौ दोस्रो हप्तामा खान मिल्ने जुम्ली स्याउ नपाक्दै बजारमा आइपुगेको हुन्छ । तथापि बजारको समस्या हुँदा कयौं स्याउ खेर गइरहेको हुन्छ । यहीँ समस्यालाई मध्यनजर गरी स्याउबाट बन्ने जुस, जाम, जेली र चाना उत्पादनमा जुम्लाका किसानहरु अहिलेबाट तयारी अवस्थामा छन् । स्याउ बेच्ने मात्र नभई यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिन सकिन्छ ।
यही ध्येयलाई आत्मसात् गरी स्याउबाट बन्ने परिकारलाई बजारसम्म ल्याउनको लागि जुम्लाका किसानलाई सीप सिकाउन थालिएको छ । उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाले स्याउ किसानलाई दस दिने स्याउ प्रशोधन तालिम संचालन गरिरहेको छ ।
आठ वटै स्थानीय तहका एक÷एक जना किसान सहभागी छन् । स्थानीय तहले छनोट गरेको आधारमा किसान सहभागी भएका हुन् । स्याउको सिजन सकिए पनि परिकारको व्यापार फस्टाउने भएकाले तालिम संचालन गरिएको कार्यालय प्रमुख विनोद कुमार बानियाँले बताए ।
उनले भने ‘समयको विकास हुदै गएपछि जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभई त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिन सक्ने छन् । कर्णाली प्रदेशको उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गतकोञञएक जिल्ला एक उत्पादनका लागि सिप संग सहयोग कार्यक्रमबाट आचार, जाम, जुस, चाना, जेली, साईटर लगायतका उत्पादनमा जोड दिइएको छ ।’ सीप विकास तालिम, प्रविधि सहयोग र बजारीकरण मार्फत सम्बन्धित जिल्लामा स्थानीय कच्चापदार्थमा आधारित नमुना उद्योग स्थापना गर्नु प्रमुख उदेश्य छ ।
स्याउको परिकार बनाउन किसान उत्साहित छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले तालिम नतिजा मुखी हुन पर्ने बताए । सहभागीलाई सीप ब्यबहारमा लागु गर्न आग्रह गरे । यस्तै जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले आफुले सिकेको सीप गाउँ घरमा अरु किसानलाई सिकाउनु पर्ने बताए ।
गुणस्तरीय वस्तु उत्पादन गर्न सके बजारको खासै समस्या हुदैन्,झन किसान आत्मनिर्भर हुनु पर्छ । ’सहभागीले स्याउका परिकार बनाएर उद्योग खोलेर बिक्री गरि आत्मनिर्भर हुने प्रतिबद्धता जनाए ।
स्याउबाट बन्ने परिकारलाई बजारसम्म ल्याउनको लागि सीप सिक्न अपरिहार्य छ । यता स्याउ सुपरजोन कार्यालय जुम्ला प्रमुख खेमराज शाहीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा जुम्लामा १५ हजार मेट्रिटन स्याउ उत्पादन भएको छ, भने १० हजार मेट्रिटन स्याउ निर्यात भएको देखिन्छ । ५० करोड आम्दानी भएको छ । प्रतिकेजी ५० रुपैयाँका दरले स्याउ बिक्री गरिएको हो ।






