विद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रमका लागि प्रस्ताव आह्वान


सुर्खेत ।
विद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले प्रस्ताव आह्वान गरेको छ ।
सुचना वातावरण विभागद्धारा सञ्चालित विद्यालय केन्द्रिय वातावरण संरक्षण कार्यक्रम अन्तर्गत सहभागि हुन सात वटा प्रदेशका इच्छुक सरकारी तथा सामुदायिक विद्यालयबाट प्रतिबद्धता सहितको निवेदन र क्रियाकलापको प्रस्ताव आह्वान गरिएको हो ।
सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र वातावरण विभाग, बबरमहल, काठमाडौं वा ईमेल ठेगानामा आपुग्ने गरी पठाउन यो सुचना प्रकाशन गरिएको छ । कार्यक्रम सञ्चालनका लागि प्रस्तावित क्षेत्रहरु, निवेदनसँग विद्यालयले भर्नुपर्ने फारम तथा प्रस्तावको ढाँचा विभागको वेबसाइट मा हेर्न सकिनेछ ।






