दक्षीण कोरियामा काँक्रेबिहार सांगितीक साँझ–२०२३ हुने


सुर्खेत ।
कोरियनहरुको महान चाड छुसकको अवसरमा कोरियामा ‘काँक्रेबिहार सांगितीक सांझ–२०२३’ हुने भएको छ । उक्त सांगितीक साँझ आगामी असोज ११ गते बिहीबार (सेप्टेम्बर २८ तारिख) मा हुने भएको हो ।
सुर्खेत समाज दक्षिण कोरियाको आयोजनामा हुने काँक्रेबिहार सांगितीक सांझ–२०२३ का लागि पोष्टर समेत सार्वजनिक गरिएको छ ।
कर्णाली प्रदेश समाजका अध्यक्ष गणेश कोइरालाको अध्यक्षतामा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरिप्रसाद खनालको प्रमुख आतिथ्यता तथा अन्य एनआरएनए दक्षीण कोरिया, सुर्खेत समाज दक्षीण कोरियाका संरक्षक तथा विभिन्न संघ संस्था लगायतका पदाधिकारीको विशेष उपस्थितिमा पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम गरिएको छ ।
यस्तै, सांगितीक साँझमा नेपालबाट चर्चित कलाकारहरुलाई आमन्त्रित समेत गरिएको छ । जसमा बद्रि पंगेनी, अन्जिला रेग्मी, प्रताप दास, चक्र बम, डान्सर टेरिया मगर र चर्चित हाँस्य कलाकार सन्ध्या बुढा (काउली बुढी) रहेका छन् ।







