परम्परागत संस्कृति,उत्पादन र रोजगारी परिपुरक छन्ः मन्त्री शर्मा

जुम्ला ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले कर्णाली प्रदेशको परम्परागत संस्कृति उत्पादन र रोजगारी परिपुरक भएको बताएका छन् ।

जुम्ला जिल्लाको सिजा गाउपालिका द्वारा आयोजना गरिएको ऐतिहासिक सिजा केदारनाथ महोत्सव २०८० को बिशिस्ट अतिथि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश भित्र रहेका परम्परागत संस्कृत उत्पादन र रोजगारी परिपुरक भएको बताएका हुन् ।

अहिले कर्णाली प्रदेशमा रैथाने संस्कृतका रुपमा रहेका महत्त्वपूर्ण तिर्थस्थलहरुलाइ पर्यटकीय गन्तवयका रुपमा बिकास गर्न कर्णाली प्रदेश सरकार तयार भएकोले परम्परागत संस्कृतिबाट कर्णालीको जीवन ब्यबहार रुपान्तरण गर्दै उत्पादनमा आधरित रोजगारी सृजना हुने भएकोले संस्कृतलाई रोजगारीका रुपमा लैजान प्रदेश सरकार तयार भएको जिकिर गरे ।

अहिले ठुलाठुला सहरमा सिस्नो ढिडो,फापरको ,रोटी मार्सी धान को माग बढेको र खाने संख्यामा पनि बृद्धि भएकोले उत्पादनमा बृद्धि गर्न र बजारमा समस्या भए प्रदेश सरकार तयार भएको बताए । अहिले कोदोको रोटी, फाफर,जौ,लठ्ठे कागुनो,खान पाईने र उत्पादन हुने एक मात्रै कर्णाली प्रदेश भएकोले यसलाई संस्कृति रुपमा बिकास गरि आयआर्जन गर्न सकिने बताए ।

कर्णाली जे बिक्री गर्छ मुल्यवान नै बिक्री गर्छ भन्ने कर्णाली किसानको सम्पदाको रुपमा मुल्यवान लोगो कर्णाली प्रदेश सरकारले सार्वजनिक गरि अन्तर्राष्ट्रिय बजारीकरण गर्न प्रदेश सरकारका मुख्यमन्त्रीको भ्रमणमा यसै बिषयमा केन्द्रीत भएको बताएका हुन् ।

उनले भने, ‘सतिदेवीको दायाँ हात सिजाको केदार नाथमा पतन भएको र सतिदेवीको दाया करङ सल्यान लक्ष्मीपुरमा र अरु बाँकी सम्पूर्ण अंङ्ग छत्रेश्वरी मन्दिर सल्यानमा पतन भएको स्वस्थानी व्रत कथामा उल्लेख हनुले पनि सल्यान र जुम्लाको धार्मिक सम्बन्ध नजिक रहेको छ ।’

जुम्ली स्याउको काँचो बिक्रीवितरण बजारमा भएको संसदमा गुनासो भए लगतै कृषि बिकास कार्यालयमा निर्देशन गरि बिक्रीवितरण अनिवार्य सिफारिस लागू गरि काँचो स्याउ बिक्रीमा रोक लाएको र भदौ १० देखि बिक्रीवितरण खुल्ला गरेको सम्बोधन मार्फत जानकारी दिए ।

जुम्ली घोडा संरक्षण र भेडापालनमा बजेटको ब्यबस्था गरेको र अहिले गोठालो भत्ताबाट भेडा ब्यबसायलाइ प्रबर्द्धन गर्न प्रदेश सरकारले पकेट क्षेत्र नै निर्धारण गरेको बताए ।

सम्बोधनमा मन्त्री शर्माले सल्यान जिल्ला र जुम्ला जिल्लाको राजनैतिक र धार्मिक सम्बन्धले नजिकैको सम्बन्ध रहेको प्रस्ट पारे ।
जुम्ला जिल्ला साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको हिसाब ऐतिहासिक र महत्त्वपूर्ण क्षेत्र भएकोले सिजा केदारनाथ महोत्सवबाट केदारनाथ भ्रमण गर्न भारतमा हैन कर्णालीको जुम्ला जिल्लामा जानु पर्छ भन्ने सन्देश दिएको बताएका हुन् ।

मन्त्री शर्माले सिजा केदारनाथ पर्यटकीय क्षेत्रको बिकासमा प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जाहेर गर्दै स्थानीय सरकारले यसको बिकास संरक्षण र सम्बर्द्धन गर्न संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल बाट मात्रै सम्भव भएकोले ब्यबस्थामा गरिने प्रहार विरुद्ध सबै गोल बन्द हुन आग्रह गरे ।

परम्परागत संस्कृति,उत्पादन र  रोजगारी परिपुरक छन्ः मन्त्री शर्मा

तरकारी वोकेको मिनि ट्रक दुर्घटना

परम्परागत संस्कृति,उत्पादन र  रोजगारी परिपुरक छन्ः मन्त्री शर्मा

चिन हुदै सार्वजनिक यातायात हिल्सामा ल्याइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!