तरकारी वोकेको मिनि ट्रक दुर्घटना
दुर्गा विसि
सल्लीबजार, ११ भदौं ।
कर्णाली प्रदेश ०० क ०१५४ नं मिनि ट्रक सोमबार विहान ११ वजेको समयमा पल्टिएको छ । तरकारी बोकेर नेपालगञ्जदेखि रुकुम चौहरजारी जाँदै गरेको मिनि ट्रक नाथेखोला र च्युराको विच भागमा दुर्घटना परेको छ ।
भेरीगंगा नगरपालिका वडा १०,छिन्चुका वर्ष २३ का चालक रितिक विक र राप्ती गाउँपालिका वडा नं. ७ सिसिनियाका वर्ष १८ का सहचालक आषिस चौधरी घाइते भएका छन् । दुबै जनाको बाँझकोट स्वास्थ्य चौकी च्युरामा उपचार भइरहेको छ ।
स्वास्थ्य चौकीकाका अनुसार दुबैको अवस्था समान्य रहेको जनाएको छ । हात खुट्टामा सामान्य चोट लागेको छ । चालकका अनुसार ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको जनाएको छ ।