प्रशान्ति वृद्धाश्रम केन्द्रलाई ‘रामबाबु–ज्ञान पुरस्कार’


सुर्खेत ।
रामबाबु–ज्ञान सामाजिक सेवा पुरस्कार सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रले पाएको छ ।
रामबाबु–ज्ञान सामाजिक सेवा पुरस्कार कोषले एक कार्यक्रमको आयोजना गर्दै दुई लाख राशिको पुरस्कारबाट विरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रमलाई पुरस्कृत गरेको गरेको हो । वृद्धाश्रमले लामो समयदेखि ज्येष्ठ नागरिकलाई आश्रय, भोजन तथा स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।
कार्यक्रममा वृद्धाश्रमका तर्फबाट अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोरले उक्त सम्मान ग्रहण गरेका थिए । यस्तै एक–एक लाख रुपैयाँ राशिका रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट अन्य तीन संस्था समेत पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेमा काठमाडौंको तारकेश्वर–७ स्थित नवजीवन परोपकार समाज, तारकेश्वर–३ को मातृ नेपपााल अपांग संघद्धारा सञ्चालित बालगृह र कैलालीको धनगढी–१ स्थित दृष्टि फाउन्डेसन छन् । ज्येष्ठ नागरिक अभियान्ता गौरीशंकरलाल दासले पुरस्कार प्रदान गरेका हुन् ।






