दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान तीन वर्षमा आधा काम पनि भएन

सुर्खेत, २८ माघ ।
चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरू भएको पेट्रोलियम अनुसन्धानको सम्झौता समयावधि सकिन लागेको छ । दैलेखको पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनसुन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।

सम्झौताअनसुार आगामी फेब्रुअरी २८ मा उक्त सम्झौता सकिँदै छ । तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो । हालसम्म पहिलो चरणको काम सकिएको छ । पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हनुसक्ने सम्भावित ठाउँ पत्ता लगाएका छन् ।

अध्ययन गर्दा चार सय वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुन सक्ने अनुमान छ । त्यसमध्ये पनि सबभन्दा बढी पेट्रोलियम पदार्थ हुने तीन ठाउँ पत्ता लागिसकेको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । तीन ठाउँमध्ये पनि बढी सम्भावित एक ठाउँ छ । त्यहाँ चार किलोमिटर गहिरोसम्म ड्रिलिङ गर्ने काम कोरोना महामारीले पूरा हुन सकेको छैन ।

यो काम महामारीका कारण करिब दुई वर्ष अघिदेखि स्थगित छ । पेट्रोलियम अनुसन्धानका लागि चीन सरकारसँगको तीन वर्षको सम्झौता सकिन लागेकाले समयावधि बढाउन मन्त्रालयमा फाइल पठाइएको त्रिपाठी बताउँछन् । ‘पहिलो चरणको काम हामीले सफलतापूर्वक सक्यौं । त्यसपछि लकडाउन भइहाल्यो’ उनले भने, ’अब बाँकी कामका लागि सम्झौता अवधि बढाउन मन्त्रालयमा आगह्र गरेका छौं ।’

उनका अनुसार समय बढाए बाँकी रहेको काममा चिनियाँ प्राविधिकले चासो देखाएका छन् । ‘यो हाम्रो महत्वपूर्ण योजना हो । चिनियाँ प्राविधिकसँग निरन्तर छलफलमा छौं । सम्झौताको समयावधि बढे उनीहरू नेपाल आउन तयार छन्,’ उनले भने, ’छिट्टै ड्रिलिङको काम सक्न पाए पेट्रोलियम पदार्थको मात्रा थाहा पाउन सकिन्थ्यो ।’

अन्वेषण टोलीले जमिनको एक्स–रे गरेर ड्रिल गर्न सकिने सजिलो ठाउँ पत्ता लगाइसकेको छ । सम्झौता अवधि थपिए पछि ड्रिलिङको काम सरूु हन्ुछ । ड्रिलिङ गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जान्छ । उत्पादन कम हुने र खर्च बढी लाग्ने अवस्थामा पनि उत्पादन गरिँदैन । नेपालमै उत्पादन गर्दा अहिलेको बजार मूल्यभन्दा सस्तो भएमा मात्रै त्यो आर्थिक रूपमा फाइदाजनक हुन्छ ।

‘ड्रिल गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ,’ उनले भने, ’खानी भेटिएपछि पनि त्यसको आर्थिक विश्लेषण हुन्छ । त्यसपछि मात्रै उत्पादन गर्ने नगर्ने निर्णय हुन्छ । भण्डार ठूलो रहेछ भने मात्रै उत्पादन सुरू हुन्छ ।’ तेल उत्पादन भने भूगर्भ विभागले गर्दैन । विभागले पेट्रोलियम पदार्थको मात्रा पत्ता लगाउने मात्र हो । सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिन्छ ।

नेपाल सरकार, खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको संयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको छ । लामो समयदेखि खोलाको पानीमा तेलजस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक चीन भ्रमण जाँदा चीन सरकारलाई अनसुन्धानका लागि आगह्र गरेका थिए ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि यो नेपालमा भएको पहिलो अध्ययन भने होइन । यसअघि २०४५ सालमा मोरङ बाहुनीमा पेट्रोल खानी खोजी गरिएको थियो । त्यति बेला सेल ट्राइटा कम्पनीले साढे तीन किलोमिटर गहिराइसम्म खन्दा पनि पेट्रोलियम पदार्थ नभेटिएपछि खोजी बन्द भएको थियो । विश्वभरि नै पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको थोरै ठाउँमा मात्रै यो भेटिने गरेको छ । अनुमान गरिएको ठाउँमा दस प्रतिशत मात्रै पेट्रोलियम पदार्थ पाइएको अन्तर्राष्ट्रिय अनुभव छन् ।

भूगर्भ विभागका उपमहानिर्देशक सुिधर रजौरे पनि विश्वभरि नै ८ देखि १० प्रतिशत मात्रै अनुमान गरिएको ठाउँमा पेट्रोलियम पदार्थ पाइने बताउँछन् । तर दैलेखमा तेल भेटिनेमा भने उनी निकै आशावादी छन् । कार्यालयमै राखिएको दैलेखको आधा भाँडो कच्चा तेल देखाउँदै त्यहाँ पेट्रोलियम पदार्थ पाइने आधार बलियो भएको उनले दाबी गरे । भारतको आसाम र पाकिस्तानका केही क्षेत्रमा तेल भेटिएको बताउँदै रजौरेले उस्तै भौगर्भिक संरचना भएकाले नेपालको दैलेखमा पनि तेलको ठूलै भण्डार हुन सक्ने बताए ।

नेपालको चरुे तथा तराईको सीमा क्षेत्रमा तेलको भण्डार बढी हुन सक्ने उनको अनुमान छ । ‘पानीमा पेट्रोलियम पदार्थ तैरिरहेको अवस्थामा भेटिएको थियो । आगोको ज्वाला पनि प्राकृतिक रूपमै बलिरहेको थियो । त्यसैले त्यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टि हुन्छ,’ उनले भने, ’त्यहाँको चट्टानको संरचना हेर्दा पनि पेट्रोलियम पदार्थ भएको अनुमान लगाउन सकिन्छ ।’ उनका अनुसार चट्टानबीचमा पर्ने चापले मात्रै पेट्रोलियम पदार्थ बन्छ ।

विशेषगरी पेट्रोलियम पदार्थ पृथ्वीको सतहमा रहेका सुक्ष्म वनस्पति तथा जीवहरू जमिनमुनि पुरिएर बन्ने हो । जमिनमुनि चाप वा दबाव र लामो समयसम्म हुने रासायनिक प्रतिक्रियाले वनस्पति र जीवहरू पत्रे चट्टानमा परिणत हुन्छन् । पत्रे चट्टानमा संकलित जैविक पदार्थ ९० देखि १७५ डिग्री सेल्सियस तापक्रम र उच्च दबावका कारण लाखौं वर्षपछि जैविक र रासायनिक प्िरतक्रियाका कारण पेट्रोलियम पदार्थमा परिणत हन्ुछ ।

नेपाल पनि त्यो सम्भावना रहेकाले पेट्रोलियम पदार्थ पाइने अनमुान बढेको रजैरेको भनाइ छ । दैलेखमा पेट्रोलियम पदार्थ पाइने आधार भए पनि यति नै मात्रामा छ भन्ने पुष्टि भएको छैन । पछिल्लो समय नेपालमा सबभन्दा बढी आयात हुने वस्तु भने पेट्रोलियम पदार्थ नै हो । (सेतोपाटीबाट)

दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान तीन वर्षमा आधा काम पनि भएन

‘अधुरा योजना पूरा गर्नेलाई अबको चुनावमा साथ

Leave a comment

Your email address will not be published. Required fields are marked *